2026-06-28 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्मार्टफोन तातेर हैरान हुनुहुन्छ ? अपनाउनुस् यस्ता टिप्स

2018-10-04

आजभोलि स्मार्टफोन मानिसको जीवनमा अपरिहार्य भएको छ। दैनिक रुपमा प्रयोग हुने स्मार्टफोन तात्ने समस्याले सायद अधिकांसलाई पिरोलिरहेको हुन्छ। कहिलेकाहिँ स्मार्टफोन कुरागरिरहेको बेलामा कानै तात्नेगरी पोलेर दुख दिन्छ।

के के कारणले तात्छ स्मार्टफोन

स्मार्टफोनमा मालवेयर अथवा कुनै भाइरस छ भनेर पनि मोबाइल सामान्यभन्दा बढि नै तात्न थाल्दछ। यस्ता भाइरसले तपाईँको डाटा सर्भिसलाई गोप्य तरिकाले निरन्तर प्रयोग गरिरहेको हुन्छ।

जीपीएसको धेरैबेर सम्म प्रयोग गरिरहँदा वा ब्लुटूथ स्पिकरबाट म्यूजिक बजाइरहँदा पनि तात्ने समस्या आउन सक्छ। कहिलेकाहिँ, अति धेरै डाटा प्रोसेसिङ्गको कारण पनि स्मार्टफोन तातो हुन जान्छ।

यदि स्मार्टफोनलाई अलि धेरै बेरसम्म चार्जमा छोड्यो भने कहिलेकाहिँ तात्ने समस्या आउन सक्छ, यस्तो समस्या नआउनुपर्ने हो तर पुरानो मोडेलका स्मार्टफोनहरू जुनलाई लामो समयसम्म प्रयोगमा ल्याइयो, त्यसमा तात्ने समस्या आउन सक्दछ।

कतिपयले क्यामेराबाट फोटो लिँदा समेत मोबाइल तातेको इन्टरनेटमा गुनासो गर्ने गर्छन्। धेरै बेरसम्म बढि र्याम ओगट्ने गेम वा एप चलाउँदा पनि स्मार्टफोन नमज्जाले तात्ने हुन्छ।

चार्ज गर्दै गेम खेल्ने, फेसबुक चलाउने अथवा फोन गर्ने गर्नुहुन्छ भनेपनि स्मार्टफोन बढि तात्ने समस्या आएको थाहा पाउनुभएकै होला।

समाधानका उपायहरु यस्ता रहेका छन्

नचाहिएको बेलामा वाई(फाई, ब्लुटूथ, जीपीएस जस्ता ब्याट्री र मेमोरी ओगट्ने सर्भिसलाई बन्द गर्दै ठीक हुन्छ। कहिलेकाहिँ ब्याकग्राउण्डमा धेरै एपहरू खुलेको छ भने पनि एण्ड्रोइड मोबाइल तात्ने हुन्छ, त्यसैले त्यस्ता ब्याकग्राउण्डमा चलेका एपहरूलाई बन्द गरिदिनुहोस्।

पुरानो मोडेलको स्मार्टफोनको ब्याट्री फुलेको छ वा छैन भनी एकचोटि जाँच गर्नुहोस्। फुलेको छ भने त्यसको प्रयोग गर्नुहुँदैन, पड्किन सक्छ। अर्को ब्याट्री राख्नुहोस्।

यदि तपाईँको मोबाइलमा भाइरस लाग्यो कि भनेर शङ्का गर्नुभयो भने, एकचोटि खोलिएका सबै एपहरूलाई बन्द गर्नुहोस् र एप सेटिङ्ग्समा गएर इन्टलेसन फर अननोन सोर्स लाई बन्द गरिदिनुहोस्।

तपाईँको चार्जर केबल र एडप्टर डुप्लिकेट छ भने पनि मोबाइलो ब्याट्रीलाई अत्यादिक तताउँदछ। त्यसैले सकेसम्म डुप्लिकेट केवलको प्रयोग नगर्दै उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी