2026-09-19 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगल प्लस बन्द हुँदै, यसको बिकल्प के ?

असोज २३, काठमाडौं | फेसबुक, ट्‍विटर जस्ता चर्चित सामाजिक सञ्जालहरूसँगको प्रतिस्पर्धामा पछाडि परेको गुगल प्लस बन्द हुने भएको छ । गुगलको माउ कम्पनी अल्फाबेटले अबको १० महिनामा गुगल प्लस बन्द गर्ने घोषणा गरेको हो ।

अबको १० महिनाभित्र गुगल प्लसको उपभोक्ता संस्करण बन्द गर्ने घोषणा आफ्नो ब्लगमार्फत गुगलले गरेको हो। उक्त ब्लगमा प्रयोगकर्ताको तथ्यांक सुरक्षाको कारण देखाउँदै गुगल प्लस बन्द गर्ने निर्णयमा पुगेको उल्लेख छ।

वालस्ट्रिट जर्नलका अनुसार २०१५ देखि २०१८ को बिचमा गुगल प्लसबाट कयौँ प्रयोगकर्ताहरूको व्यक्तिगत जानकारी चोरी भएको छ। तर, गुगलले भने गुगल प्लस बन्द गर्नुको मुख्य कारण कम प्रयोगकर्ता भएको दावी गरेको छ।

यद्यपी तथ्यांक चोरी भएको भने गुगलले स्वीकार गरेको छ । गुगलले आफ्नो ब्लगमा भनेको छ : प्रयोगकर्ताका प्रोफाइल डाटाहरू लिक भएर दुरुपयोग भएका छन्। तर दोषीविरुद्ध हामीसँग प्रमाण छैन। सफ्टवेयरमा देखिएको समस्याका कारण यो समस्या आएको उसले जनाएको छ।

गुगल प्लसबाट केही महिनाअघि करिब ६ लाख प्रयोगकर्ताका डाटाहरू लिक भएको सार्वजनिक भएको थियो।

निर्णय सार्वजनिक गरेपछि गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटको शेयरमा २.६ प्रतशितको गिरावट देखिएको छ।

गुगल प्लसलाई बृहत्तर ग्रहकका आशा र रुचि अनुरुप तयार पारिएता पनि यसका प्रयोगकर्ता कम्पनीले सोचेभन्दा निकै कम देखिएपछि गुगल प्लसलाई निरन्तरता दिन थप चुनौती सिर्जना भएको गुगलका प्रबन्धकहरूको निष्कर्ष छ। 

गुगलले सन् २०११ मा गुगल प्लस सुरु गरेको थियो। सुरुवातदेखि नै यसमा प्रयोगकर्ताको कम रुचि देखिएको थियो।

कन्जुमर भर्सन (आम प्रयोगकर्ताले चलाउने) बन्द गरे पनि गुगल प्लसले इन्टरप्राइज भर्सनलाई भने तत्कालका लागि निरन्तरता दिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई