2026-09-19 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्वाट्सएप पनि ह्याकिङको खतरामा, यस्तो छ कारण

असोज २५, काठमाण्डौ | फेसबुकका झण्डै ५ करोड प्रयोगकर्ताको अकाउन्ट भएको घटना सेलाउन नपाउँदै फेसबुक मातहतकै ह्वाट्सएपमाथि पनि ह्याकिङको खतरा बढेको छ ।

टेक्नोलोजी साइट जेड डी नेटले ह्वाट्सएपमाथि ह्याकिङ्गको जोखिम बढिरहेको सम्बन्धमा एक नयाँ खुलासा गरेको छ ।

टेक्नोलोजी साइट जेड डी नेटको अनुसार ह्वाट्सएपमा एक बग देखा परेको र उक्त बगले ह्याकरहरुलाई प्रयोगकर्ताको अकाउन्टभित्र प्रवेश दिइराखेको छ ।

प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गरेसँगै उनीहरुको अकाउन्टमा बगले आक्रमण गर्ने गर्दछ । त्यसैले प्रयोगकर्ताले ह्वाट्सएपमा भिडियो कल रिसिभ गर्दा ह्याकिंगको खतरा हुने देखिएको समाचारमा उल्लेख छ ।

रिपोर्ट अनुसार आइओएस र एन्ड्रोइड प्लेटफर्ममा प्रयोग गरिने ह्वाट्सएपमा पहिलोपटक गत अगष्टमा यो बग देखा परेको थियो । फेसबुकले यहीँ महिना यो बगलाई नियन्त्रणमा लिएको बताइएको छ । तर यसबारेमा फेसबुकले कुनै टिप्पणी भने गरेको छैन । त्यसैले बग नियन्त्रणमा लिनुअघि कति ह्वाट्सएप प्रयोगकर्ता ह्याकरको सिकार बने भन्ने थाहा हुन सकेको छैन ।

शोधकर्ता ट्राभिस आर्मेन्डीका अनुसार मात्र एक कलबाट ह्वाट्सएप ह्याक हुने कुरा निकै गम्भीर हो । अझ यस्तो संवेदनशील विषयमा ह्वाट्सएपले प्रयोगकर्तालाई कुनै जानकारी नै नगराउनु झनै गम्भीर रहेको शोधकर्ताहरुको टिप्पणी छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई