2026-06-28 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्‍विटर प्रयोगकर्ताहरूका लागि यस्तो नीति ल्याइदै

2018-10-23

एजेन्सी, टि्वटरले आफ्नो यूजर पोलिसी (प्रयोगकर्ताहरूका लागि तयारी पारिएको नीति) मा परिवर्तन गर्ने तयारी गरेको छ। 'टर्म्स एन्ड सर्भिस' उल्लङ्घन गरेर ट्विट गर्ने प्रवृत्ति नियन्त्रण गर्न कम्पनीले प्रयोगका नीतिहरूमा परिवर्तन गर्न लागेको हो।

कतिपय आपत्तिजनक र फेक पोस्टका कारण पछिल्लो समय आलोचित हुने गरेको ट्‍विटरले ती आलोचनाहरूबाट बच्न पछिल्लो कदम चालेको टेकक्रन्च अनलाइनले लेखेको छ।

ट्‍विट गर्दा प्रयोगको नीति उल्लंघन नहोस् भन्नका लागि कम्पनीले पोलिसी परिवर्तनको दीर्घकालीन रणनीति अवलम्वन गरेको ट्‍विटरले जनाएको छ।

टि्वटरको नयाँ पोलिसी अनुसार यदि कुनै पनि ट्‍विटलाई एक वा एकभन्दा बढी प्रयोगकर्ताले रिपोर्ट (उजुरी) गरेका छन् भने कन्पनीले सुरुमा उक्त ट्‍विटले आफ्नो 'पोलिसी गाइडलाइन्स्' उल्लङ्घन गरे/नगरेको जाँच गर्नेछ।

यदि उलङ्घन भएको रहेछ भने उक्त ट्‍विट एउटा म्यासेजसँगै ब्लक हुनेछ अर्थात् रिपोर्ट गरिएको ट्‍विट फलोअरको टाइमलाइनमा देखिनेछैन। ट्विटको ठाउँमा म्यासेज देखिनेछ- 'यो ट्वीट अब उपलब्ध छैन, किनकि यसले टि्वटरका नियमहरू उल्लङ्घन गरेको छ।'

यति मात्र होइन, कम्पनीले ल्याउन लागेको पोलिसीअनासार यदि तपाईँले गरेको ट्विटले रिपोर्ट भई नियम उल्लंघन गरेको पुष्टि भएमा तपाईँले उक्त ट्‍विटमा कुनै पनि एक्सन लिन सक्नुहुने छैन। अर्थात् तपाईँले उक्त ट्वीटलार्इ न डिलिट गर्न सक्नुहुनेछ न त अर्को कुनै ट्‍विट नै गर्न सक्नुहुनेछ।

अझ रोचक कुरा के छ भने टि्वटरले उक्त सन्देश प्रयोगकर्ताको प्रोफाइलको अगाडि १४ दिनसम्म राखिदिनेछ । किनकि अकाउन्ट फलो गर्ने प्रयोगकर्ताले सम्बन्धित व्यक्तिले केही आपत्तिजनक ट्वीट गरेको थियो भनेर थाहा पाउन्।

अर्को कुरा, नियम उल्लंघन गर्ने प्रयोगकर्ताले रिपोर्ट गर्ने प्रयोगकर्तालाई डाइरेक्ट म्यासेज पनि पठाउन सक्नेछैनन्। यतिमात्र होइन, नियम तोड्नेले आफ्नो इनबक्समा च्याट हिस्ट्री पनि देख्न सक्ने छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी