2026-09-19 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ आइफोनमा देखियो यस्तो ५ समस्या

एजेन्सी:-  केहि साता अगाडी रिलिज भएका आइफोन Xs र आइफोन Xs म्याक्समा थुप्रै किसिमका समस्याहरु भेटिएका छन् र उक्त आइफोनका प्रयोगकर्ताहरुले गुनासो गरिरहेका छन् | कुनै समस्या सबै आइफोनमा आएका छन् भने कुनै चाहिँ केहि प्रयोगकर्ताले मात्र भेटेका छन् |

यस्ता छन् चर्चामा आएका समस्याहरु

१. निकै ढिलो चार्ज हुने

नयाँ आइफोनका मोडलमा एप्पलले फास्ट चार्जर उपलब्ध गराएको छैन | नयाँ आइफोन , जसलाई १००० अमेरिकी डलरभन्दा बढी पर्छ, मा निकै स्लो ५ वाटको चार्जर उपलब्ध गराइएको छ | यस चार्जरबाट आइफोन फुल चार्ज हुन दुई घण्टाभन्दा बढी लाग्छ जुन निकै निकै ढिलो हो | तुलनाका लागि भिभोको नयाँ फ्ल्याग्शिप स्मार्टफोन फुल चार्ज हुन केवल ३१ मिनट लाग्छ भने वनप्लसलाई ५० मिनट |

धेरै जसो मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनमा पनि फास्ट चार्ज उपलब्ध गराइएको हुने गर्दछ तर एप्पलले त्यति धेरै महँगो स्मार्टफोनमा पनि फास्ट चार्ज उपलब्ध नगराएकाले प्रयोगकर्ताहरु निकै असन्तुष्ट छन् | यस विषयमा एप्पलको फोरममा र रेडीटमा निकै धेरै विरोध भइरहेको छ |

२. चार्ज नै नहुने समस्या

ढिलो चार्ज भएर मात्र होइन एप्पलको नयाँ आइफोनमा चार्ज नै नहुने समस्या पनि देखिएको छ | थुप्रै प्रयोगकर्ताका नयाँ मोडलका आइफोन चार्जमा जोडेर स्क्रिनलाई अनलक नगर्दासम्म चार्ज नै हुँदैन | चार्जमा जोडे पनि चार्ज नहुने र चार्ज भए पनि निकै ढिलो हुने समस्या नयाँ मोडलको आइफोन प्रयोगकर्ताले भोग्नु परेको छ | यस बारे चर्चा यूट्यूबका निकै प्रचलित यूट्यूब च्यानल “अन्बक्स थेरापी” का मार्फतबाट भएको थियो | यस विषयमा पनि निकै धेरै प्रयोगकर्ताले एप्पलको फोरममा गुनासो राखेका छन् |

३. अफ् गर्नै नमिल्ने ब्युटी मोड

आजभोलि ब्युटी मोड लगभग सबै जसो एन्ड्रोइड स्मार्टफोनमा हुने गर्छ | ब्युटी मोडमा खिचेको स्लेफीमा मुहार अति गोरो हुन्छ र तस्विर एकदमै अप्राकृतिक देखिन्छ  |  एन्ड्रोइडमा भने उक्त ब्युटी मोडलाई पूर्ण रुपमा बन्द गर्न मिल्छ | नयाँ आइफोनमा भने ब्युटी मोड भन्ने कुनै अप्सन नै छैन तर पनि खिचिएका सबै सेल्फीहरुमा अटोमेटिक ब्युटी मोड अन हुन्छ | अनावश्यक र अफ् गर्नै नमिल्ने ब्युटी मोडको विषयमा पनि प्रयोगकर्ताले एप्पलको फोरममा गुनासो गरेका छन् |

४. डिस्प्लेमा ब्लु सिफ्ट

नयाँ आइफोनमा एप्पलले AMOLED डिस्प्ले राखेको छ | सामसंग र नोकियाले एक दशक देखि प्रयोग गर्दै आएको यस डिस्प्ले प्रविधि एप्पलले गत वर्षबाट मात्र आइफोनमा समावेश गरेको छ |

तर एप्पलले प्रयोग गरेको AMOLED डिस्प्लेमा चाहिँ ब्लु सिफ्टको समस्या रहेको कुरा केहि प्रयोगकर्ताले गुनासो गरेका छन् | आइफोनको डिस्प्लेलाई केहि छेउबाट हेर्दा सेतो रंग फिक्का निलो देखिन थाल्छ | यहि समस्या गत वर्ष गुगलको पिक्सलमा र कुनै कुनै आइफोन X मा पनि आएको थियो | यो समस्या सम्भवत: आगामी iOS अपडेटबाट समाधान हुनेछ |

५. निकै स्लो नेटवर्क स्पिड

प्रयोगकर्ताले एप्पल आइफोन Xs र Xs म्याक्सको वाईफाई र नेटवर्क स्पिड पुरानो आइफोन X को तुलनामा भन्दा आधा स्लो भएको भेटेका छन् | यस लगायत नयाँ आइफोनमा कनेक्ट भएको वाईफाई बेला बेलामा काटिने र फेरी रिस्टार्ट नगर्दासम्म फेरी कनेक्ट नै नहुने समस्या पनि देखिएको छ |

एप्पलले यस वर्ष निकालेको आइफोनमा सम्भवत: यस वर्षको कुनै पनि फ्ल्याग्शिप स्मार्टफोनभन्दा धेरै समस्याहरु देखिएको छ | माथि उल्लिखित केहि समस्याहरु iOS अपडेट मार्फत समाधान हुनेछन् भने स्लो नेटवर्क स्पिड र स्लो चार्जको समस्या भने अपडेटबाट समाधान हुने छैन | तर उक्त अपडेट एप्पलले कहिले रिलिज गर्छ भन्ने कुराको चाहिँ टुंगो छैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई