2026-06-28 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार लेन्स क्यामेरा भएको स्याओमी रेडमी नोट-६ प्रो नेपाली बजारमा (मूल्य सहित)

मङ्सिर १८, काठमाडौँ | अन्तर्राष्ट्रिय प्रविधिमा अग्रणी स्याओमीले पहिलोपटक नेपाली बजारमा क्वाड क्यामेरा सहितको रेडमी नोट सिक्स प्रो ल्याएकोछ । सर्वाधिक लोकप्रिय रेडमी नोट फाइव एआई लाई अपग्रेड गरी रेडमी नोट सिक्स प्रो नेपाली बजारमा आएको हो । यसमा १९:९ नट्च सहितको डिस्प्ले, डुअल सेल्फी क्यामेरा र थप सुधारिएको रियर क्यामेरा सेटअप छ ।

स्याओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारीले भन्नुभयो,“रेडमी नोटले उपभोक्ताहरुको विश्वास जित्न सफल भैसकेको छ । रेडमी नोट फाइव एआई शक्तिशाली डुअल क्यामेरा सहितको स्मार्ट फोन हो, जसले एमआई उपभोक्ताको विश्वास जितेको थियो र यसलाई उच्च प्रविधिसहित परिमार्जित गरी सिक्स प्रो ल्याएका हौं ।” 

रेडमी नोट सिक्स प्रो–क्वाड (चार लेन्स)  क्यामेरा, नट्च डिजाइन 

रेडमी नोट सिक्स प्रो, क्वालकोम स्न्यापड्रागनले आधुनिक तवरबाट डिजाइन गरेको हो । जसमा ६३६ अक्टाकोर प्रोसेसर, एआई पावर्ड क्वाड क्यामेरा सेटअप सहित दुई दिनसम्म चल्ने ४ हजार एमएएच ब्याटरी प्रयोग गरिएकोछ । यसमा उच्च गतिमा चल्ने एलपिडीडीआरफोरएक्स र्याम प्रयोग भएको यो फोन अत्यन्त शक्तिशाली छ । 

अकल्पनीय सेल्फीको अनुभव दिने रेडमी नोट सिक्स प्रोको अगाडि २० मेगापिक्सेल + २ मेगापिक्सेल एआई क्यामेरा जडित छ । जसले तपाईंले सजिलै पोट्रेट तस्वीर लिन सकिन्छ । १२ मेगापिक्सेल +५ मेगापिक्सेल एआई डुअल रियर क्यामेराले कम प्रकाश भएको ठाउँमा समेत सफा तस्वीर लिन सुविधा दिन्छ । नयाँ र रिफाइन्ड एआई पोट्रेट मोड २.० ले खिचिएको तस्वीरमा डाइनामिक बोक्हे इफेक्ट सहित लाइट ट्रेल र स्टुडियो लाइटिङ्ग जस्तै इफेक्ट हाल्न सकिन्छ ।

रेडमी नोट सिक्स प्रोमा १९:९ एसपेक्ट रेसियो र नट्च सहितको ६.२६ इन्च एफएचडी +आईपीएस डिस्प्ले रहेकोछ भने यसलाई कर्निङ्ग गोरिल्ला ग्लासले सुरक्षा दिएकोछ । ५०० निट ब्राइटनेसले चर्को घाममा पनि सजिलै स्क्रिन हेरी आफ्नो फोन चलाउन सकिन्छ ।

रेडमी नोट सिक्स प्रोको उत्कृष्ट डिजाइनले यसलाई आकर्षक बनाउनुका साथै यसको हाडब्रिड डुअल सिमस्लटबाट मेमोरी बढाउने सुविधा समेत रहेकोछ । रेडमी नोट सिक्स प्रोको हरेक उपभोक्ताले सफ्ट फोन कभर पाउन सक्नुहुनेछ ।

रेडमी नोट सिक्स प्रो ३ जीबी + ३२ जीबी र ४ जीबी + ६४जीबीमा उपलब्ध छ भने यसको मुल्य रु. २४,९९९/- र रु. २८,९९९/- रहेकोछ । 


रेडमी नोट सिक्स प्रोका मुख्य विशेषताहरुः

- ६.२६ इन्च नट्च सहितको डिस्प्ले

- २२८० ह १०८० रेजुलुसन (एफएचडी+)

- कर्निङ्ग गोरिल्ला ग्लास

- १२ मेगापिक्सेल + ५ मेगापिक्सेल डुअल रियर क्यामेरा

- एफ/१.९ एपेरेचर

- १.४ माइक्रोमिटर पिक्सेल

- बोक्हे, लाइट ट्रेल र स्टुडियो लाइटिङ्ग इफेक्ट सहितको एआई पोट्रट

- २० मेगापिक्सेल + २ मेगापिक्सेल डुअल फ्रन्ट क्यामेरा

- सुपर पिक्सेल

- लाइभ प्रिभिउ सहितको एआई पोट्रेट

- क्वालकम स्न्यापड्रागन ६३६ अक्टा–कोर प्रोसेसर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी