2026-09-19 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओप्पोको R17 Pro: तीन रियर क्यामरा र ८ जीबी र्याम सहित नेपालमा लन्च हुँदै

मङ्सिर १९, काठमाडौँ | Oppo R17 Pro स्मार्टफोन भारतमा लन्च भएसंगै नेपालमा पनि छिट्टै लन्च हुने विश्वास गरिएको छ । नेपाल स्थित ओप्पोले जनाए अनुसार नेपालमा पनि यो फोन छिट्टै लन्च गर्ने तयारी हुँदैछ ।

ओप्पो आर-17 प्रो सबैभन्दा पहिले चीनको बजारमा लन्च गरिएको थियो । यो फोनमा ओप्पोको सुपर VOOC फ्लास चार्ज निकै छिटो चार्ज हुने प्रविधि जडित छ । यसको मद्धतले मात्र १० मिनटमा फोनको ब्याट्री ४० प्रतिशत चार्ज गर्न सकिन्छ । Oppo R17 Pro को अन्य बिशेषता ट्रिपल रियर क्यामरा सेटअप, इन-डिस्प्ले फिंगरप्रिंट सेंसर, 6.4 इंचको फुल-एचडी+ डिस्प्ले, 19.5:9 आस्पेक्ट रेशियो और 8 जीबी र्या हो । 

ओप्पो आर17 प्रो को मूल्य ७० देखि ७५ हजारसम्म पर्नसक्ने बुझिएको छ तर यसको नेपालमा कति मूल्य पर्छ भन्ने कुरा अहिलेसम्म एकिन गरिएको छैन । यो फोन 8 जीबी र्याम र 128 जीबी इनबिल्ट स्टोरेजमा उपलब्ध हुनेछ । 

फोनमा दुई सिम राख्न पाइन्छ भने 6.4 इन्चको फुल-एचडी+ (1080×2340 पिक्सल) डिस्प्ले हुनेछ, त्यस्तै 19:5:9 एस्पेक्ट रेशियोको साथ फोन उपलब्ध हुनेछ । यो स्मार्टफोनमा क्वालकम स्न्याड्रयागन 710 अक्टा-कोर प्रोसेसर राखिएको छ । 

अर्को महत्वपूर्ण कुरा यो फोनको पछाडीपट्टि तीन रियर क्यामरा छ । एक सेन्सर 12 मेगापिक्सलको छ, जसको अर्पचर / 1.5-2.4 छ । त्यस्तै दोश्रो सेन्सर 20 मेगापिक्सलको छ, जसको अर्पचर एफ/2.6 छ । तेश्रो सेंसर TOF थ्री-डी स्टीरियो क्यामरा हो । रियर क्यामरा सेटअप अप्टिकल इमेज स्टेबलाइजेशन, डुअल पिक्सल पीडीएएफ र अल्ट्रा नाइट मोडमा उपलब्ध छ । फोनमा एफ/2.0 अपर्चर भएको 25 मेगापिक्सलको फ्रन्ट क्यामरा उपलब्ध छ ।

Oppo R17 Pro मा 3700 एमएएचको ब्याट्री छ, जो सुपर वूक टेक्नोलोजी हो । कनेक्टिभीटी फीचरमा ४ जीवी ओएलटीई, वाई-फाई, ब्लूटूथ 5.0 र जीपीएस/ ए-जीपीएस र एनएफसी सपोर्ट छ । स्मार्टफोनको डाइमेन्शन 157.6×74.6×7.9 मिलीमीटर र यसको तौल १८३ ग्राम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई