2026-06-28 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङले ग्यालेक्सी s10 बजारमा ल्याउदै, के-के छन् फिचर्स (मुल्यसहित)

2018-12-15

मङ्सिर २८, काठमाडौं | सन् २०१९ मा बजारमा ल्याउने आफ्नो नयाँ फ्लागशीप स्मार्टफोनको तयारी सामसुङले गरिरहेको छ ।

पछिल्ला केही हप्तायता सामसुङ ग्यालेक्सी एस १० का विषयमा लगातार विभिन्न खाले समाचारहरु आइरहेका छन् ।

सामसुङले आगामी फेब्रुअरी महिनामा हुने मोबाइल वर्ल्ड कंग्रेसको आसपासमा आफ्ना ग्यालेक्सी टेन सिरिजका नयाँ स्मार्टफोन लञ्च गर्ने तयारी गरिरहेको बताइन्छ । सो अवसरमा ग्यालेक्सी एस टेन, एस टेन प्लस तथा एस टेन लाइट गरी तिनथरी स्मार्टफोन सामसुङले ल्याउने भन्दै ती फोन लञ्च हुने मिति र फोनका स्पेशिफिकेसन्सका बारेमा पनि समाचार आएका छन् ।

Gizmodo UK  को एक रिपोर्ट अनुसार सामसुङ ग्यालेक्सी एस टेन सिरिजका स्मार्टफोन फेब्रुअरी १० मा लञ्च हुनेछ । लञ्च लगत्तै स्मार्टफोनको प्रिअर्डर पनि सुरु हुनेछ र मार्च ८ देखि बजारमा बिक्रि सुरु हुने बताइएको छ ।

समाचारमा दाबी गरिए अनुसार सामसुङ ग्यालेक्सी एस टेनका तिनवटा भेरिएन्ट हुनेछन् । ग्यालेक्सी एस टेनको स्टाण्डर्ड भेरिएन्टमा sJ8 डिस्प्ले हुनेछ । तर एस टेन लाइट भने कम मूल्यको हुने र कव्र्ड डिस्प्ले रहनेछैन ।

ग्यालेक्सी एस टेनमा १२८ जिबी था ५१२ जिबी स्टोरेज गरी दुई भेरिएन्ट रहनेछन् । जसको मूल्य क्रमशः ७ सय ९९ युरो र ९ सय ९९ युरो रहनेछ ।

त्यस्तै ग्यालेक्सी एस टेन प्लसमा १२८ जिबी, ५१२ जिबी र १ टिबी गरी तिनवटा भेरिएन्ट रहने अनुमान गरिएको छ । जसको मूल्य क्रमशः ८९९, १०९९ र १३९९ युरो हुनेछ । त्यस्तै ग्यालेक्सी एस १० लाइटको १२८ जिबीको मूल्य ६६९ युरो हुने बताइएको छ ।

सामसुङ ग्यालेक्सी एस टेनमा ६.१ इन्चको sJ8 डिस्प्ले हुनेछ । त्यस्तै एस टेन प्लसमा ६.४ इन्च तथा एस टेन लाइटमा ५.८ इन्चको डिस्प्ले रहने बताइएको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी