2026-09-19 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेनोभोले ल्यायो १२ जिबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन, अरु के-के छन् फिचर्स ?

चिनियाँ कम्पनी लेनोभोले १२ गिगाबाइट क्षमताको र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ ।

मंगलबार चीनमा आयोजित विशेष समारोहबीच लेनोभोले दुईवटा स्मार्टफोन सार्वजनिक गरेको हो ।

त्यसमा लेनोभो जेड फाइभ एस र जेड फाइड प्रो-जिटी रहेका छन् ।

Z5s मा ट्रिपल रियर क्यामरा सेटअप रहेको छ । अर्थात् यस स्मार्टफोनको पछाडिपट्टि ३ वटा मूख्य क्यामरा रहेका छन् । त्यस्तै यसमा टर्बो टेक्नोलोजी पनि रहेको छ ।

त्यस्तै लेनोभोले सार्वजनिक गरेको Z5 Pro GT १२ जिबी र्‍याम भएको विश्वकै पहिलो स्मार्टफोन बनेको छ ।

यस स्मार्टफोनमा स्नापड्रागन ८५५ चिपसेट रहनेछ । क्वालकोमले यसै महिनाको सुरुवातमा उक्त चिपसेट लञ्च गरेको थियो । यसर्थ लेनोभो जेड फाइभ प्रो जिटी विश्वकै पहिलो यस्तो स्मार्टफोन हुनेछ जसमा १२ जिबी र्‍यामका साथै क्वालकोम स्नापड्रागन ८५५ प्रोसेसर रहनेछ ।

लेनोभो जेड फाइभ प्रो जिटी विभिन्न भेरिएन्टमा लञ्च गरिएको छ । जसमध्ये ६ जिबी र्‍याम र १२८ जिबी स्टोरेज, ८ जिबी र्‍याम र १२८ जिबी स्टोरेज, ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेजका साथै १२ जिबी र्‍याम र ५१२ जिबी स्टोरज रहेका छन् ।

लेनोभो जेड फाइभ प्रो जिटीमा ६.३९ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले हुनेछ । त्यसको पिक्सेल रिजोलुसन १०८० गुणा २३४० हुनेछ ।

स्मार्टफोन सुरक्षाका लागि कर्निंग ग्लासको पत्र रहेको छ । यसले डुअल क्यामरा सपोर्ट गर्दछ ।

Z5s मा पछाडिपट्टि मात्र तिनवटा क्यामरा रहेकोमा Z5 Pro GT मा चाहिँ कूल ४ क्यामरा रहनेछन् । दुईवटा फ्रन्ट क्यामरा हुनेछन् । जसमा एउटा क्यामरा १६ र अर्को ८ मेगापिक्सेलको हुनेछ । त्यस्तै पछाडिको क्यामरामध्ये एउटा २४ मेगापिक्सेल र अर्को १६ मेगापिक्सेलको हुने बताइउको छ ।

सुरुमा यो स्मार्टफोन चीनमा उपलब्ध हुनेछ र आगामी जनवरी १५ देखि प्रि बुकिङ सुरु हुनेछ । २४ फेब्रुअरी देखि यसको बिक्रि सुरु हुनेछ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई