2026-09-19 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सबैभन्दा तीव्र गतिको इन्टरनेट भएका देशहरु, नेपाल कति औं नम्बरमा ? हेर्नुहोस्

विश्वको इन्टरनेट स्पिड पछिल्लो समयमा वृद्धि हुँदै गएको रिपोर्टले देखाएको छ । स्पिडटेष्ट डट नेटले प्रकाशित गरेको सन् २०१८ को विश्वको इन्टरनेट गतिको प्रतिवेदनले विश्वमा मोबाइल तथा फिक्स्ड ब्रोडब्याण्ड दुवै इन्टरनेटको डाउनलोड तथा अपलोड स्पिडमा वृद्धि भैरहेको देखाएको हो ।

स्पिडटेष्ट इन्टेलिजेन्स नामक डाटा प्लाटफर्ममा सन् २०१७ को डिसेम्बरदेखि नोभेम्बर २०१८ सम्मका इन्टरनेट डाटाको विश्लेषणका आधारमा विश्वका मुलुकहरुको इन्टरनेट गतिको सूची पनि जारी गरिएको छ ।

रिपोर्ट अनुसार सन् २०१८ मा विश्वमा मोबाइल इन्टरनेट स्पिडमा औषतमा १५ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१८ मा विश्वको मोबाइल इन्टरनेट डाउनलोड स्पिड २२.८२ एमबीपीएसमा १५.२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मोबाइल अपलोड स्पिडमा ९.१९ एमबीपीएसमा ११.६ प्रतिशतले वृद्धि भएको छ ।

रिपोर्ट अनुसार आइओएस डिभाइसको इन्टरनेट स्पिड एन्ड्रोइड डिभाइसमा बढी रहेको छ । यसको एउटा मुख्य कारण एप्पल डिभाइसहरु उच्च गतिको इन्टरनेट स्पिड रहेका मुलुकहरुमा बढी हुनु र एन्ड्रोइड स्मार्टफोनहरु विकासोन्मुख देशहरुमा समेत बढी प्रयोग रहनु समेत हुनसक्छ । यद्यपि, एन्ड्रोइड डिभाइसको डाउनलोड स्पिडमा १९ प्रतिशतले र अपलोड स्पिडमा १५.१ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै सन् २०१८ मा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट स्पिडमा मोबाइल इन्टरनेट स्पिडको वृद्धिदर भन्दा दोब्बरले बढेको छ ।

विश्वको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेटको औषत डाउनलोड स्पिड गतवर्ष ४६.१२ एमबीपीएस रहेकोमा यो वर्ष २६.४ प्रतिशतले बढेको छ भने अपलोड स्पिड २२.४४ रहेकोमा २६.५ प्रतिशतले वृद्धि भएको छ |

सबैभन्दा तिव्र गतिको मोबाइल इन्टरनेट भएका ५ मुलुक

नर्वे: ६३.१९ एमबीपीएस

आइसल्याण्ड: ५८.६८ एमबीपीएस

कतार: ५५.१७ एमबीपीएस

सिंगापुर: ५४.७१ एमबीपीएस

नेदरल्याण्ड: ५३.४२ एमबीपीएस

सबैभन्दा उच्च गतिको फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट भएका ५ देशहरु

सिंगापुर: १७५.१३ एमबीपीएस

आइसल्याण्ड: १५३.०३ एमबीपीएस

हंगकंग: १३८.३१ एमबीपीएस

दक्षिण कोरियाः ११४.६७ एमबीपीएस

रोमानिया: १०९.९० एमबीपीएस

स्पिड टेष्ट इन्डेक्स अनुसार सन् २०१८ मा नेपालको मोबाइल इन्टरनेट स्पिडमा सुधार भएको छ भने फिक्स्ड नेटवर्कमा अवस्था अघिल्लो वर्षकै जस्तो रहेको छ ।

मोबाइल इन्टरनेट स्पिडमा नेपालको अवस्था अघिल्लो वर्षको भन्दा १ स्थानले सुधार हुँदै १ सय १६ औँ अवस्थामा छ ।

त्यस्तै फिक्स्ड इन्टरनेटमा नेपाल ८९ औँ स्थानमा रहेको छ । नेपालको फिक्स्ड इन्टरनेटको स्पिड १६.६६ एमबीपीएस रहेको छ भने मोबाइल इन्टरनेट स्पिड ८.८८ एमबीपीएस रहेको रिपोर्टले देखाएको छ ।

रिपोर्ट अनुसार विश्वको सबैभन्दा कमजोर मोबाइल इन्टरनेट ताजिकिस्तानको रहेको छ भने सबैभन्दा कमजोर फिक्स्ड इन्टरनेट अल्जेरियाको रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई