2026-07-26 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब मोबाइलमा नेपाली टाइप गर्न नेपाली पात्रोको नेपाली किबोर्ड

पुस ६, काठमाडौं | केही पहिलेसम्म अंग्रेजीमा लेख्न नसके पनि रोमनमा फेसबुकमा स्टाटस लेख्नेहरु निकै धेरै थिए । तर, अब फेसबुकजस्ता सामाजिक सन्जाल तथा मेसेन्जरहरुमा देवनागरी लिपीमा नै आफ्ना स्टाटस तथा सन्देश लेख्नेहरु बढेका छन् । यस्तो सम्भव मोबाइलको किबोर्डलाई नेपाली युनिकोडमा लेख्न सक्ने बनाउने सफ्टवेयरहरुका कारण भएको हो ।

त्यस्तै एउटा सफ्टवेयर हो, नेपाली किबोर्ड ।

वर्षौंदेखि नेपाली पात्रो एप सन्चालन गरेर नेपालीहरुलाई तिथीमिति बुझ्न तथा दैनिक विभिन्न जानकारी दिएर सफलताको पाइला अगाडि बढिरहेको टिमले नै यो नेपाली किबोर्ड एप सुरु गरेको हो ।

नेपाली पात्रोले यो किबोर्ड प्रयोगकर्तालाई अझ सहज होस् भन्ने हेतुले विकास गरेको र एपस्टोरहरुमा राखेको हो । 

अन्य किबोर्डभन्दा धेरै सहज भएको, अन्य किबोर्डमा भन्दा धेरै इमोजी राखेको र नेपाली प्रयोगकर्ताको चाहना तथा आवश्यकतालाई विशेष ध्यानमा राखेकाले यो किबोर्ड अन्य किबोर्डभन्दा धेरै सहज हुने निर्मार्ताको दाबी छ । हुन पनि नेपाली किबोर्डमा टाइप गर्दा सहजै आफूले टाइप गर्न खोजेका शब्दहरुको सुझाव छान्न सकिन्छ, किबोर्डलाई नेपाली र अंग्रेजीमा बदल्न पनि सहज छ । अझ यसमा अत्यन्त धेरै इमोजीहरु पनि छन् ।

यो एपमा रोमानाइज्ड तथा अन्य नेपाली फन्टमा टाइप गरिरहेकाहरुलाई पनि सहज बनाउन दुवै किसिमले नेपालीमा लेख्न सकिने बनाइएको छ । यसको अर्थ रोमनमा लेखेर पनि यो एपबाट नेपाली युनिकोडमा लेख्न सकिन्छ । अझ यसअघि नेपाली टाइप जानिसकेकालाई पनि यो एप सहज छ ।

सामाजिक सन्जालको सन्चालनमा मात्र होइन, किबोर्डको फ्लेक्जिबिलिटीले यसलाई कार्यालयका अनेक काममा पनि प्रयोग गर्न सकिन्छ । जे होस्, मोबाइलबाट कसैलाई आफ्नै भाषा नेपालीमा लेख्न मन छ भने यो एप डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

अत्याधुनिक, भरपर्दो तथा सहज भएकैले हुनुपर्छ, नेपाली किबोर्ड रिलिज भएको केही समयमा नै धेरै नेपाली प्रयाेगकर्ताले यसको प्रयोग गर्न थालिसकेका छन् । ‘हामी उत्साहित छौँ, हामीले सबैलाई सहज होस् भन्ने ध्येयले बनाएको यो एप अहिले धेरैले प्रयोग गरिरहनु भएको छ,’ नेपाली पात्रो समूहका एक डेभलपर भन्छन्, ‘मोबाइल बोक्ने र नेपालीमै सन्देश पठाउन, सामाजिक सन्जाल चलाउन तथा विभिन्न कामहरु गर्न चाहनेका लागि यो निकै उपयोगी छ ।’ 

नेपाली पात्रो टिमले चाहिँ यो नेपाली किबोर्डमा थप सुविधा तथा फिचरहरु थप्दै जाने र यसको विकास गर्दै जाने बताएको छ ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले तथा आइओएस प्रयाेगकर्ताले यहाँ क्लिक गरेर नेपाली किबाेर्ड प्रयाेग गर्न सक्नेछन् ।

यो एप तपाइको मोबाइलमा पनि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ