१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् विश्वमै सबैभन्दा धेरै बिक्री भएका १० मोबाइल फोन (हेर्नुहोस्)

१० पुष २०७५, मंगलवार ०७:०८

विश्वमा मोबाइल फोनको प्रयोग भएदेखि यता अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन कुन होला ? सामसुङ र एप्पलका पछिल्ला मोडेलका चर्चित स्मार्टफोन दुनियामा सबैभन्दा धेरै बिकेका मोबाइल फोन हुन् भन्ने तपाईंले सोच्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको सूचीमा टप टेनसम्म सामसुङको ग्यालेक्सी एस वा नोट सिरिज र नयाँ आइफोनका मोडेल कुनै पर्दैनन् ।

आखिर विश्वमा अहिलेसम्म धेरै बिक्री भएका मोबाइल फोन कुन् हुन् त ? टपटेन सूची यस्तो छः

१. नोकिया ११००: नोकियाको ११०० मोडेलको यो मोबाइल फोन विश्वको मोबाइल फोनको इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोन हो । सन् २००३ मा लञ्च भएको यो मोबाइल फोन अहिलेसम्म २५ करोड भन्दा धेरै बिक्री भएको छ ।

२. नोकिया १११०: विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री भएको मोबाइल फोनको दोस्रो नम्बरमा नोकियाको १११० मोडेलको मोबाइल फोन रहेको छ । त्यो फोनमा न त क्यामरा थियो, न त कुनै फेन्सी डिजाइन । तर पनि यो फोन झण्डै २५ करोडको हाराहारीमा बिक्री भइसकेको छ ।

३. आइफोन सिक्स र सिक्स प्लसः आइफोनको सिक्स सिरिजका यी दुई स्मार्टफोन विश्वमा अहिलेसम्म सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन हुन् । आइफोन सिक्स र सिक्स प्लस अहिलेसम्म २२ करोड गोटाभन्दा धेरै बिक्री भैसकेका छन् । सन् २०१४ मा आइफोन सिक्स र सिक्स प्लस एप्पलले लञ्च गरेको थियो ।

४. नोकिया ३२१०: नोकियाको ३२१० मोडेलको मोबाइल फोन सन् १९९९ मा लञ्च भएको थियो । त्यस समयमा फोनको प्रयोग केवल कल गर्न र मेसेज पठाउन मात्र हुन्थ्यो । मजबुत तथा विभिन्न रङका उपलब्ध नोकिया ३२१० निकै लोकप्रिय र सफल भयो । नोकिया ३२१० अहिलेसम्म १५ करोडभन्दा बढी बिक्री भैसकेको छ ।

५. नोकिया १२००: नोकिया १२०० को सबैभन्दा महत्वपूर्ण फिचर भनेको यसको ब्याट्री लाइफ नै थियो । यस फोनको टकटाइम ७ घण्टा तथा स्टाण्डबाई टाइम ३९० घण्टा थियो । उक्त फोनमा फ्लास लाइट पनि उपलब्ध थियो । सन् २००३ मा लञ्च भएको यो मोबाइल फोन पनि १५ करोडको हाराहारीमा बिकेको थियो ।

६. नोकिया ६६००: उक्त फोनको डिजाइनले नै यसलाई विशेष बनाएको थियो । सन् २००३ मा सार्वजनिक भएको यो फोन त्यसबेलाको महंगो फोन थियो । तर पनि नोकिया ६६०० झण्डै १५ करोडको हाराहारीमा बिक्री भयो ।

७. नोकिया ५२३०: नोकियाको ५२३० पहिलो स्मार्टफोन पनि हो । ३.२ इन्चको टचस्क्रिन भएको उक्त मोबाइल फोनमा २ मेगापिक्सेलको क्यामरा तथा १२८ एमबीको र्याम थियो । नोकिया ५२३० पनि १५ करोड गोटा बिकेको थियो ।

८. सामसुङ इ ११००: यो मोबाइल फोन सन् २००९ मा लञ्च भएको थियो । १.५२ इन्चको डिस्प्ले रहेको उक्त फोनमा १ एमबी इन्टरनल स्टोरेज थियो । निकै बलियो हुनुका साथै ब्याट्री लाइफसमेत बढी भएको यो मोबाइल फोन पनि झण्डै १५ करोड गोटा बिकेको थियो ।

९. नोकिया २६००: सन् २००४ मा नोकियाले ल्याएको यो मोबाइल फोनमा डेढ इन्चको डिस्प्ले थियो । निकै सुन्दर तथा बलियो बडी रहेको उक्त मोबाइल फोनको मूल्य पनि सस्तो भएको हुनाले निकै लोकप्रिय बन्यो । उक्त फोन झण्डै साढे १३ करोड गोटा बिकेको थियो ।

१०. मोटोरोला रेजर भी थ्री: यो सबैभन्दा धेरै बिक्रि भएको पट्याउन मिल्ने फ्लिप फोन हो । आफ्नो समयमा यो आइकन नै थियो । यो फोन पनि १३ करोड भन्दा धेरै बिकेको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश