१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपाल विद्युत् प्राधिकरणको आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा

१० पुष २०७५, मंगलवार १३:३७

रमेश लम्साल | पुष १०, काठमाडौँ (रासस) | तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो । 

उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा प्राधिकरणले सूचना र प्रविधिको क्षेत्रमा देखिएको उपलब्धिलाई प्रयोग गरेर उपभोक्तालाई सहजै सूचना दिने उद्देश्यले नयाँ खालको मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार नेपाल इलेक्ट्रिसिटी अथोरेटी(एनइए) नामक मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याइएको छ । प्राधिकरणले विकास गरेको उक्त एप्लिकेशनले कुन स्थानमा के कारणले विद्युत् काटिँदैछ भन्ने विषयको जानकारी सहजै दिनेछन् । 

हाल गुगल प्ले स्टोरमा मात्र उपलब्ध रहेको उक्त एप्लिकेशन ग्राहकले आफ्नो मोबाइल फोनमा डाउनलोड गर्न सक्नेछन् । एप्लिकेशनमा देशैभरका प्राधिकरणका कार्यालयको विवरणसमेत समावेश गरिएको छ । 

एप्लिकेशनमा युजरनेममा ग्राहकले आफ्नो नाम र जन्म मिति उल्लेख गर्नुपर्नेहुन्छ । प्राधिकरणका क्षेत्रीय कार्यालय, जिल्ला कार्यालय र वितरण केन्द्रसमेत उपलब्ध रहेको छ । यस्तै नो लाइट सेवाका नम्बरसमेत उपलब्ध भएको एप्लिकेशनमा उपभोक्ताले आफ्नो बिलको बारेमा समेत जानकारी लिन सक्नेछन् । 

प्राधिकरणका वितरण केन्द्रले कुन स्थानमा के कारणले विद्युत् कटौती हुँदैछ, कति समयमा विद्युत् आउँछ भन्ने कुराको जानकारीसमेत सोही एप्लिकेशनले दिनेछ । यस्तै ग्राहकको जन्म दिनको अवसरमा समेत प्राधिकरणले सूचना दिनेछ । 

एप्लिकेशनमार्फत नै हाल नेपाल इन्भेस्टमेन्ट बैंक र इ सेवामार्फत विद्युत् महसुल भुक्तानी गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो? रवि फेरी हिरासतमा: अदालतअघि प्रधानमन्त्रीविरुद्ध उत्तेजक नाराबाजी मन्त्रिपरिषद्ले के-के गर्‍यो निर्णय ? सुत्केरी भएकी महिलालाई ६ महिनासम्म मासिक ४ हजार आजपनि सकिएन थुनछेक बहस, रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था?