2026-06-28 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व बजारमा लोकप्रिय बन्दै हुवावे, एप्पल तेस्रो स्थानमा झर्ने संकेत

2019-01-01

चिनियाँ स्मार्टफोन हुवावे विश्वमा सबैभन्दा धेरै बिक्री  हुने स्मार्टफोनको सूचीमा परेको छ ।  हुवावेले सन् २०१८ मा मात्रै २० करोडवटा भन्दा बढी स्मार्टफोनहरु बिक्रि गर्न सफल भयो । सन् २०१७ मा केवल १५.३ करोडवटा स्मार्टफोन बेच्न सफल रहेको हुवावेले यो वर्ष बिक्रिको संख्या लगभग ३० प्रतिशतले बढाएको हो । निकेयी एसियनको समिक्षा अनुसार हुवावेले बजेट स्मार्टफोन मात्र नभएर आफ्नो फ्ल्याग्शिप स्मार्टफोन हुवावे पी २० प्रो पनि निकै धेरै मात्रामा बिक्रि गर्न सफल रह्यो । यहि अनुरुप बिक्रि बढ्दै गएको खण्डमा हुवावेले एप्पललाई उछिनेर विश्वको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता हुनेछ भने प्रथम स्थानमा सामसुङ रहने देखिन्छ ।


हुवावेले चाइनिज बजारमा मात्र नभएर युरोप, अफ्रिका र भारतमा पनि निकै राम्रो सफलता पाइरहेको छ । हुवावेले हरेक मूल्यको स्मार्टफोनहरु उपलब्ध गराइरहेको छ जसले गर्दा धेरै उपभोक्ताहरुले हुवावे स्मार्टफोन खरिद गरिरहेका छन् । तर पनि हुवावेलाई सुरक्षाका दृष्टिकोणबाट अमेरिका, क्यानाडा र अस्ट्रेलिया जस्ता महत्वपूर्ण बजारहरुमा रुचाइएको छैन । हुवावेमा चाइनिज सरकारको संलग्नता रहेको र देशको महत्वपूर्ण डेटाहरु चाइनाले अनैतिक रुपमा पाउन सक्ने सन्देह सृजना भएका कारणले गर्दा अझै पनि थुप्रै देशहरुले हुवावेका नेटवर्क सम्बन्धि उपकरणहरु प्रयोगमा ल्याउन खोजिरहेका छैनन् ।

तर एप्पलको नयाँ आइफोनको बिक्रि पनि गत वर्षको तुलनामा घटेर आएको देखिन्छ । प्रयोगकर्ताहरुले आफ्नो आइफोन केहि धेरै समयका लागि प्रयोग गरिरहने र नयाँ आइफोन निकै महँगो भएको कारणले पनि आइफोनको बिक्रि एप्पलले चिताएको जस्तो नभएको देखिन्छ । बिक्रि कम भएकै कारणले पनि एप्पलले आफ्नो नयाँ आइफोनहरुको उत्पादन घटाएको थियो । जापानमा पनि बिक्रि कम भएका कारणले लन्च भएको केहि साता मै एप्पलले आफ्नो नयाँ आइफोन टेन आरको मूल्य लगभग १०० अमेरिकी डलरले कम गरेको थियो ।

एप्पलको नयाँ स्मार्टफोनहरुको सोचेजस्तो राम्रो बिक्रि नहुनु र हुवावेले एकै वर्षमा ३० प्रतिशत बढी स्मार्टफोन बिक्रि गर्न सक्नु नै सन् २०१९ मा एप्पल दोस्रो ठूलो स्मार्टफोन निर्माताबाट तेस्रो स्थानमा झर्ने संकेत हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी