2026-09-19 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालको प्रयोगबाट यस्तो खतरनाक तथ्य फेला

पुस २२, वासिङ्टन डिसी (रासस/एएनआई) | सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ । 

आफ्ना साथीहरुसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल किशोरकिशोरीहरुका लागि सहयोग माध्यम हो । तर यसले उनीहरुलाई नकारात्मक प्रभाव पनि पारेको पाइएको छ । 

लण्डन विश्वविद्यालयका विद्यार्थीहरुले गरेको सो अध्ययन “इक्लिनिकल मेडिसिन” नामक जर्नलमा प्रकाशित भएको छ । 

अध्ययनका अनुसार झण्डै १४ बर्षको उमेरका किशोरीहरुलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ । 

प्रति दिन झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरुको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने, किशोरहरुको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ । 

तुलनात्मक रुपमा दैनिक एक देखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ । 

“हामीले एउटा खतरनाक तथ्य फेला पार्यौं, सुरुमा त पत्याउन पनि गाह्रो भयो, त्यो यही थियो की, सामाजिक सञ्जालको प्रयोगले छोराहरुलाई भन्दा छोरीहरुलाई बढी असर गरेको पाइयो,” अध्ययनका प्रमुख लेखक एभन केल्लीले भन्नुभयो । 

यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्वन्धलाई पनि देखाएको छ । सामाजिक सञ्जालको गर्नेहरुमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ । 

सामाजिक सञ्जाल प्रयोग गर्नेहरु धेरै तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ । अध्ययनले अन्य पक्ष पनि देखाएको छ । सामाजिक सञ्जालको प्रयोग गर्नेहरु कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुव्र्यवहारमा पर्ने लगायतका समस्या पनि देखिने गरेको अध्ययनकर्ताहरुले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई