2026-07-25 09:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मौसमी बेलुन’आगामी फागुनदेखि नियमित रुपमा सञ्चालन गर्ने

भीष्मराज ओझा | पुस २३, काठमाडौँ | मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन आगामी फागुनदेखि ‘मौसमी बेलुन’ उडान नियमित सञ्चालन गर्ने तयारी थालिएको छ । 

उक्त बेलुन उडान सञ्चालनका लागि आवश्यक तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

मन्त्रालयअन्तर्गतको विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा गत असार ६ गतेदेखि उक्त बेलुन उडाउन परीक्षण शुरू गरिएको थियो । 

नेपालको मौसमी सूचना प्रणालीमा सुधार तथा आधुनिकीकरणका लागि विश्व बैंकको सहयोगअन्तर्गत मौसमी बेलुन उडान तयारी शुरु गरिएको हो । बेलुनका लागि हाइड्रोजन ग्यास उत्पादन गर्ने जेनेरेटरका लागि अर्काे ग्यासको अभावमा पहिलो चरणको परीक्षण एक महीनापछि बन्द भएको थियो । 

हाल सो उडान गर्ने स्थानमा अन्य आवश्यक पूर्वाधार निर्माण भइरहेको र एक महीनाभित्र निर्माण सम्पन्न भएलगत्तै सेवा सञ्चालन गर्ने विभागका महानिर्देशक डा ऋषिराम शर्माले राससलाई जानकारी दिनुभयो । थप ३० दिन ‘सञ्चालन परीक्षण’ गर्ने र त्यसमा कुनै समस्या नआए सेवा सञ्चालनमा लैजाने विभागले जनाएको छ । 

नियमित सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति र बजेटका बारेमा मन्त्रालयलाई आग्रह गरिसकेको उहाँले बताउनुभयो । विभागका अनुसार उक्त बेलुन उडाउन सेन्सरसहितको दैनिक खर्च २०० अमेरिकी डलर लाग्छ । 

उक्त परियोजनाअन्तर्गत हाल दुई वर्षका लागि पुग्ने खर्चको जोहो भइसकेको र त्यसपछिको खर्चका सम्बन्धमा सरकारले नियमित बजेटमा राख्नुपर्ने विभागले भनाइ छ । 

यसअघि परीक्षणका क्रममा शुरु गरिएको बेलुन प्रत्येक दिन कीर्तिपुरबाट बिहान ५:३० बजे उडाइएको थियो । त्यसरी उडाइएको बेलुन ३१ दशमलव ६ किलोमिटर माथिसम्म पुगी बिहान ९ बजेसम्ममा काठमाडौँ र नुवाकोटका सिमाना आसपासमा खसेका थिए । 

हाइड्रोजन ग्यास भरिएका यस्ता बेलुनमाथि बढ्दै जाँदा न्यून हावाको चापका कारण फुक्दै जाने र एउटा उचाइमा पुगेपछि फुट्ने गर्छ । बेलुनमा जडित सेन्सरले नियमितरूपमा मौसमी तथ्याङ्क पठाउँछ । मौसमी बेलुन उड्दाको सरदर गति छ मिटर प्रतिसेकेण्ड र झर्दाको गति तीन मिटर प्रतिसेकेण्ड हुने गरेको छ । 

विभागका अनुसार बेलुनले प्रत्येक सेकेण्डमा उच्च वायुमण्डलको तापक्रम, हावाको गति र दिशा, सापेक्षिक आद्र्रताको जानकारी दिन्छ । त्यसका आधारमा मौसम पूर्वानुमान गरिन्छ । 

अहिले अनुमानका भरमा भइरहेको मनसुन आगामी दिनमा बढी भरपर्दो हुने महानिर्देशक शर्माको दाबी छ । हाल मौसम पूर्वानुमान महाशाखाले ग्लोबल मोडेलबाट नेपालको तीन दिनसम्मको मनसुन पूर्वानुमान गर्दै आएको छ । छिमेकी मुलुक भारतमा भने सातदेखि १० दिनसम्मको मौसम पूर्वानुमान गरिन्छ । 

“शुरूमा तीन दिनको मौसमलाई बढी भरपर्दो बनाउँछौँ, पछि थपेर सात दिनसम्मको मौसम पूर्वानुमान गर्ने योजना छ । मौसमी बेलुनले माथिल्लो वायुमण्डलसम्म पुगेर मौसमको विवरण दिने भएकाले पूर्वानुमान गर्न सहज हुनेछ”, महानिर्देशक शर्माले भन्नुभयो । 

बेलुन झर्दा त्यसमा झुण्ड्याइएको प्यारासुटका माध्यमबाट विस्तारै झर्ने हुँदा जोखिम अत्यन्त कम हुन्छ । यस्तो बेलुन भरपर्दो मौसमी सूचना प्राप्त गर्नका लागि सधैँ दैनिक उडाइरहनुपर्छ । रासस |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक