2026-07-25 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ सय वर्षपछि आयो १० सेकेन्डमै दाँत सफा हुने विद्युतीय टुथब्रस, मुल्य कति पर्छ ? हेर्नुहोस्

अमेरिकाको लास वेगासमा चारदिनसम्म चलेको कन्जुमर इलेक्ट्रोनिक शो (सिआईएस) मा फ्रेन्च कम्पनी फास्टिश (FasTeesH) ले अंग्रेजी अक्षरको वाई (Y) आकारको डिजाइनसहित विद्युतीय टुथब्रस सार्वजनिक गरेको छ | उक्त टुथब्रसमा १० सेकेन्डभित्रै दाँत सफा गर्ने क्षमता रहेको कम्पनीको दावी छ। कम्पनीका अनुसार यो स्मार्ट टुथब्रसलाई दाँतमा फिट गर्न सकिनेछ र बटन दबाउने बित्तिकै यो भाइब्रेट हुन्छ जसका कारण दाँत सफा हुन्छ । यो स्मार्ट टुथब्रस साधारण ब्रसभन्दा अत्यधिक महँगो छ । कम्पनीले यसको मूल्य एक सय २५ डलर (करिब १४ हजार रुपैयाँ) तोकेको छ । यसको बिक्रि यसै वर्ष अप्रिलदेखि सुरु हुने बताइएको छ ।

अन्य टुथब्रसभन्दा १५ गुणा बढी किटाणु हटाउनेछः

– यो नयाँ टुथब्रसमा नाइलनका स–साना ब्रिसल्स राखिएका छन् । यो दाँतमा निकै सजिलै फिट हुने तरिकाले डिजाइन गरिएको छ ।

– यो टुथब्रसमा टुथपेष्ट राखेर पहिलो पाँच सेकेन्ड तलको दाँत र अर्को पाँच सेकेन्ड माथिल्लो दाँतमा फिट गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।

– दन्त चिकित्सकले दुई मिनेटसम्म दाँत माझ्ने सल्लाह दिइरहेका बेला कम्पनीले भने यो ब्रसले १० सेकेन्डमा नै दाँत सफा गर्ने त्यो पनि १५ प्रतिशत बढी अर्थात् अन्य टुथब्रसको तुलनामा यो स्मार्ट ब्रस १५ प्रतिशत बढी किटाणु सफा गर्न सक्षम भएको कम्पनीको दाबी छ ।  

– नरम प्लाष्टिकबाट बनेको यो टुथब्रस बच्चादेखि ठूलासम्मको दाँतको ढाँचालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । यो ब्रशलाई चार्ज गर्नुपर्छ ।

आज हामी जुन डिजाइनको टुथब्रस प्रयोग गर्छौं, त्यो डिजाइन करिब १४ सय वर्षदेखि प्रयोग हुँदै आएको हो । ६१९ इस्वीमा चीनमा टुथब्रसको आविष्कार भएको मानिन्छ । त्यतिबेला चीनियाँ जनता दुईवटा बाँसको कप्टेरोको बीचमा जनावरका रौं राखेर दाँत सफा गर्दथे ।

विभिन्न समयमा टुथब्रसमा केही परिवर्तन भए तर यसको डिजाइन भने कहिले परिवर्तन भएन । अहिले यो नयाँ डिजाइनसहित सार्वजनिक भएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक