2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुगलमा ‘मुर्ख’ सर्च गर्नुस् ट्रम्प भेटिन्छन्, ‘मुर्ख प्रधानमन्त्री’ सर्च गर्नुस् मोदी भेटिन्छन्

काठमाडौँ | हामी धेरै कुरा गुगलमा भेट्छौं । गुगलमा खोजिने धेरै कुराको कारण मानिसलाई अनलाइनमा आफुले खोजेका कुरा भेट्न निकै सहयोगी बन्ने गरेको छ । त्यसैले गुगल सर्च इन्जिन विश्वकै प्रख्यात सर्च इन्जिन बन्न सफल भएको छ । 

केहि बर्ष अघि एउटा बिषयले भारतमा निकै चर्चा पायो, कुरा थियो गुगल सर्च इन्जिनमा ‘World Stupid Prime Minister’ टाईप गरेर सर्च गर्दा भारतीय प्रधानमन्त्री मोदीको तश्वीरहरु भेटिन्थे । यही कुरालाई भारतले गुगललाई ध्यानाकर्शन समेत गराएको थियो तर आजसम्म पनि कसैले गुगलमा ‘World Stupid Prime Minister’ वा ‘Idiot Prime Minister’ टाईप गरेर सर्च गर्यो भने मोदीको तश्वीर भेटिन्छ । 

भारतीय प्रधानमन्त्री मोदी मात्र होइन, अहिले पनि गुगलमा ‘idiot’ सर्च गर्दा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका तश्वीरहरु खुल्छन् । यस बिषयमा अमेरिकाका सांसदहरु समेत गुगलसँग आक्रोशित बनेका थिए । यही बिषयलाई लिएर अमेरिकी सांसद बैठकमा अधिकारीहरुले गुगलसँग स्पष्टीकरण समेत लिईसकेको छ तर गुगलका सीईओले त्यस्तो हुनुलाई आफ्नो गल्ति मानेनन् । गुगलले जानीजानी त्यसो गरेको नभई सर्च रिजल्टमा देखिने पेजमा कुन तस्वीर कुन ठाउँमा आउँछन् भन्ने कुराको निधो गुगल आफैले नगर्ने र तस्वीरहरु सम्बन्धित आलेख वा सर्च इन्जिन अप्टिमाइजेसनको आधारमा निर्धारण हुने स्पष्टीकरण दिएको थियो । गुगलका सीईओ सुन्दर पिचाईले idiot लेख्दा ट्रम्पको फोटो खुल्नु प्राविधिक कुरा हो । गुगलले जानी-जानी ट्रम्पको छबी गिराउने काम नगरेको उनले बताएका थिए ।

गुगलका सीईओले यस बिषयमा अमेरिकी संसदलाई स्पष्टिकरण दिने क्रममा भनेका थिए कि गूगलको सर्च इन्जिन यस्तो तरिकाले बनाइएको छ कि जब कसैले कुनै शब्दलाई पटक-पटक खोज्छ, तब सर्च इन्जिनले त्यसै कीवर्डलाई लोकप्रिय श्रेणीमा शामेल गर्छ र त्यसैलाई रिजल्टको रुपमा देखाउँछ । 

गुगलका सीईओले अमेरिकी सांसदमा दिएको जवाफलाई आधार मानेर गुगलमा नेपालीमै ‘मुर्ख प्रधानमन्त्री’ खोज्ने हो भने नेपालका वर्तमान प्रधानमन्त्री, पुर्वप्रधानमन्त्रीहरुको तश्वीरहरु देखिन्छन् । यसैले पनि के प्रमाणित गर्छ भने गुगलले सबै कुरा जे खोजिएको हो शत प्रतिशत देखाउने क्षमता राख्दैन र त्यसो गर्नु शतप्रतिशत सम्भव नहुन सक्छ । यदी हामीले नेपालीमा कुनै शब्द खोज्दैछौ भने कुनै अनलाइन मिडियाले नेपालीमा लेखेका समाचार, लेख र अनलाइनमा राखिने शब्दलाई आधार बनाएर गुगलले सर्च गरेर दिने देखाईदिने हुँदा जुन शब्द बढी वेबसाइटमा भेटिन्छ वा खोजिन्छ त्यसैलाई गुगलले देखाउँछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई