2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘क्यान इन्फोटेक’मा चार लाखको अनुगमन

माघ २१, काठमाडौँ (रासस) | सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक’ को झण्डै चार लाख व्यक्तिले अवलोकन गरेका छन् । माघ १५ गतेदेखि शुरु भएको सो मेलामा उत्साहजनक उपस्थिति रहेको कम्प्युटर एसोशिएसन नेपाल (क्यान)का महासचिव रञ्जितकुमार पोदारले जानकारी दिनुभयो । 

मेलाको अन्तिम दिन आइतबार करीब एक लाख व्यक्तिले अवलोकन गरेका थिए । भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा ६ दिनसम्म चलेको क्यान इन्फोटेकको २५औँ संस्करणको मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग सम्बन्धि अवलोकनको व्यवस्था मिलाइएको थियो । ‘सुविसु क्यान इन्फोटेक २०१९ इन एशोसिएसन विथ ई–सेवा’ नाम दिइएको सो मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँनयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए । 

सूचना प्रविधि मेला अवलोकन गर्न मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न दलका नेता, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेशागत सङ्घ सङ्गठनका प्रतिनिधि भृकुटीमण्डप पुगेका थिए । क्यान महासङ्घका अध्यक्ष हेमन्त चौरसियाले नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिसँगै सूचना प्रविधि मेलाको औचित्य थप प्रभावकारी बन्दै गएको बताउनुभयो । 

सूचना प्रविधि मेलाको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क अवलोकनको सुविधा दिइएको थियो । रोबोट ब्याटल प्रतिष्पर्धामा मिनी पुस बुटतर्फ सुरज पटवारी विजयी भए भने पवनदेव शर्मा उपविजेता बने । कम्ब्याट रोबोट ब्याटलतर्फ सोनाम घिमिरे विजेता तथा पवनदेव शर्मा उपविजेता भए । अटोनोमस रोबोट ब्याटलतर्फ राजेश धुसु, रविन पराजुली, सुशील श्रेष्ठ र सरोज गुराव विजयी भए भने सञ्जीव गोसाईं, प्रकाश श्रेष्ठ, विजयकुमार फुयाँल र सागर खरेल उपविजेता बने ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई