२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेल प्रयोग गर्नुहुन्छ ? एनसेलले ल्यायो यस्तो ‘गज्जबको डेटा प्याक’

२०७५, २१ माघ सोमबार ०३:४६

माघ २१, काठमाडौं | एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरुमार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डेटा प्याक ल्याएको छ । जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबीसम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्ने एनसेलले जनाएको छ । 

गज्जबको डेटा प्याक सोमबार (माघ २१) बाट लागू हुने भएको छ । यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको ७५ एमबी डेटा प्याक  मात्र रु १५ (रु १९.१५ कर सहित) मा सुचारु गर्न सक्नेछन् । तीन दिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक रु ३५ (रु ४४.६९ कर सहित) मा सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले ५०० एमबी डेटा प्याक रु ७५ (रु ९५.७७ कर सहित) मा खरिद गर्न सक्नेछन् । यो प्याकको समयसिमा सात दिनको हुनेछ । धेरै डेटा भोलुम प्रयोग गर्ने ग्राहकले एक महिनाको समयसिमा रहेको तीन जिबी डेटा प्याक मात्र ३५५ (रु ४५३.३०) मा लिन सक्नेछन् ।

ग्राहकले एस्ट्रिक्स्१७१२३ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार गज्जबको प्याकहरु सुचारु गर्न सक्नेछन् । त्यसैगरी एनसेल एपबाट पनि यी डेटा प्याकहरु सजिलै खरिद गर्न सकिनेछ् ।

गज्जबको डेटा प्याक अन्तर्गत ल्याइएको नयाँ अल टाइम डेटा भोलुमहरुले सुलभ दरमा ग्राहकका लागि  डेटा कनेक्टिभिटी सुनिश्चत गर्ने विश्वास एनसेलले लिएको छ । यो अफर सुचारु भएको दिन देखि ९० दिनका लागि मान्य रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने