2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने

माघ २२, काठमाडौँ | नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ । 

टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट भविष्यमै अन्य देशमा जाने नेपालीका लागि आफ्नै देशको मोबाइल सेवामार्फत आफ्ना आफन्तसँग कुराकानी गर्नसक्ने गरी व्यवस्था गरिने छ । प्रिपेड सेवा लिएका नागरिकले बिना धरौटी त्यस्तो सुविधा लिन पाउने भएका छन् । मोबाइलमा जे जति मात्रामा रकम रहेको छ , सोही आधारमा फोन गर्न पाउने छन् । 

यसअघि पोष्टपेड सेवा लिएको ग्राहकले रु दश हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सेवा र सुविधालाई थप विविधकरण गर्दै लैजाने सोचका साथ नयाँ–नयाँ योजना अगाडि सारिएको बताउनुभयो । 

यस्तै टेलिकमले आजदेखि लागू हुने गरी जिएसएम पोष्टपेड ग्राहकलाई रु नौ सयको प्याकेजमा प्रति महिना दुई जिबी डाटा उपलब्ध गराउने भएको छ । यही माघ २३ गतेदेखि आगामी फागुन ८ गतेसम्म दर्ता हुने नयाँ जिएसएम पोष्टपेड मोबाइल ग्राहकलाई तीन महिनासम्म प्रति महिना ‘अल टाइम’ डाटा एक जिबी र १०० मिनेट बराबरको टेलिफोन सुविधा उपलब्ध गराउनेछ । 

पर्यटकीय प्याकेजअन्तरगत रु ५०० मा पाँच जिबी डाटा, नेपाल टेलिकमको संयन्त्रमा ५० मिनेट टेलिफोन गर्ने सुविधा र ५० एसएमएस र १०० मिनेटको अन्तर्राष्ट्रिय फोन गर्नसमेत सकिनेछ । 

यस्तै रु एक हजारमा १० जिबी डाटा र टेलिकमकै संयन्त्रमा १०० मिनेट फोन गर्ने सुविधा, १०० वटा एसएमएस र २०० मिनेट बराबरको अन्तर्राष्ट्रिय फोन गर्नसक्ने सुविधा दिइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई