2026-07-25 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले लन्च गर्यो ‘अनसेन्ड’ फीचर, यसरी गर्न सकिन्छ उपयोग

माघ २४, काठमाडौँ | सामाजिक संजाल फेसबुक (Facebook) ले आफ्नो म्यासेजिङ  एप म्यासेन्जर (Facebook Messenger) को लागि ‘अनसेन्ड’ (Unsend) फीचर जारी गरेको छ, जसले प्रयोगकर्तालाई च्याट लेखेको १० मिनेटभीत्र डीलेट गर्न दिने सुविधा दिएको छ | 

द वर्ज को रिपोर्ट अनुसार यो सुविधा फेसबुकको आईओएस (IOS) र एन्ड्रइड (Android) मा उपलब्ध गराइएको छ | यसका साथै म्यासेन्जरको नयाँ भर्सनमा केहि नयाँ फीचर पनि उपलब्ध गराइएको छ | कम्पनीले भनेको छ कि नयाँ क्षमता जुकरबर्ग (Mark Zuckerberg) को शक्तिमा आधारित छ, तर म्यासेन्जरमा मानिसको सुविधाको लागि केहि सुधार गरिएको छ | 

म्यासेन्जरमा आफुले लेखेको कुनै कुरा कुनै कारणले हटाउनु परेमा यो फिचर प्रयोग हुन्छ | यस अघि झुक्किएर वा कुनै कारण कसैलाई पठाइएको म्यासेज डिलेट गर्न नमिल्ने अवस्था थियो अब  भने यो नयाँ सुविधाले प्रयोगकर्तालाई कुनै कुरा लेखिसकेपछी डिलेट गर्न सुविधा मिलेको छ | यो फिचर ह्वाट्सएप (WhatsApp) को अनसेन्ड फीचर (Unsend Feature) जस्तै हो | यो सुविधाबाट  प्रयोगकर्तालाई दुई विकल्प मिल्छ | पहिलो आफुले लेखेको म्यासेज ‘रिमूभ फर एभ्रिवन’ (Remove For Everyone) र दोश्रो ‘रिमूभ फर यू (Remove For You), यसको मतलब पहिलो बिकल्पले आफुले कसैलाई लेखेको म्यासेज आफूले हेर्न नमिल्ने बनाउन पनि सकिन्छ वा पठाइएको व्यक्ति वा सिंगो ग्रुपले समेत नहेर्न पनि मिल्छ | 

फेसबुकको स्वामित्वमा रहेको फोटो-म्यासेजिङ एप इन्स्टाग्राम (Instagram) ले पहिले देखिनै ‘अनसेन्ड’ क्षमताको सपोर्ट गर्दै आएको र प्रयोगकर्तालाई पर्सनल वा ग्रुप च्याटमा पठाइएको म्यासेजहरु डिलिट गर्ने सुविधा दिएको थियो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक