२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एप्पलले यस्तो एप बन्द गर्दै

२०७५, ४ फाल्गुन शनिबार ०८:३०

एप्पलले महिलालाई ट्रयाक गर्ने र उनीहरुलाई हिँडडुल गर्नबाट रोक्ने 'साउदी मोबाइल एप' माथि अनुसन्धान गर्ने भएको छ ।

एप्पलका सीईओ टिम कुकले आबसेर नामको उक्त एपको बारेमा आफू यसअघि जानकार नरहेको तर अबचाहिँ त्यस विषयमा छानविन गर्ने बताएका हुन् ।

सरकारी सेवामाथि पहुँचसमेत उपलब्ध गराउने उक्त एपमाथि मानव अधिकारवादी समूहहरुले पनि आलोचना गरेका छन् ।

अमेरिकी सांसदहरुले समेत उक्त एपलाई आफ्नो एप स्टोरहरुबाट हटाउन एप्पल र गुगलसँग माग गरेका छन् ।

साउदी अरबमा कुनै पनि महिलाले देश बाहिर जानका लागि आफ्नो पुरुष अभिभावकसँग अनुमति लिनु पर्दछ ।

आबसेर एपलाई चालक अनुमति पत्रको नवीकरणका साथै यात्रा अनुमति र प्रतिबन्धलाई सहज बनाउनेलगायतका सरकारी सेवा मोबाइलबाटै उपलब्ध गराउन प्रयोग गरिन्छ ।

खासगरी साउदीको गृह मन्त्रालयका लागि डिजाइन गरिएको उक्त एप वर्षौँदेखि प्रयोगमा रहेको छ र अहिलेसम्म दशौं लाखले उक्त एप डाउनलोड गरिसकेका छन् ।

एक अनुसन्धान अनुसार, पुरुष अभिभावकहरुले आफ्ना पत्नी, दिदीबहिनी तथा छोरीहरुलाई उक्त एपमा दर्ता गर्ने गरेका छन् ता कि उनीहरुको अन्तराष्ट्रिय यात्रा अनुमति तथा प्रतिबन्धसम्बन्धी कार्य गर्न सकियोस् ।

जब कुनै महिलाले देश छाड्ने प्रयास गर्दछिन् तब त्यसको जानकारी उक्त एपमार्फत ती महिलाको पुरुष अभिभावकको मोबाइलमा प्राप्त हुन्छ ।

ह्युम राइट्स वाचका अनुसार यस्तो खालका एपले मानव अधिकारको हनन तथा महिलामाथिको विभेदलाई प्रोत्साहन गर्दछ ।

साउदी सरकारलाई महिलामाथि दमन गर्ने तथा पितृसत्ता लाद्ने काममा अमेरिकी कम्पनीहरुले सहयोग गर्न नहुने ह्युमन राइट्स वाचका अधिकारीको भनाइ छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने