2026-09-19 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेट फास्ट बनाउन एल्मुनियम फोइलको प्रयोग कति सही ? जान्नुहोस्

घरमा वाइफाईको राम्रो सिग्नलका लागि एल्मुनियम फोइल प्रयोग गर्न सकिन्छ किनभने यो मिथ अब लोकप्रिय भइरहेको छ ।

युनिभर्सिटी अफ डार्टमाउथका शोधकर्ताका अनुसार राउटरको एन्टिनाको चारैतिर एल्मुनियम फोइल लगाउँदा वाइफाईको सिग्नल राम्रो हुनसक्छ । साथै नेटवर्कको बाधालाई पनि कम गर्छ र तपाईंको कनेक्शनलाई पनि सुरक्षा दिने गर्दछ ।

घरमा राउटरको एन्टिना सबै दिशाका लागि हुन्छ अर्थात् सिग्नल छरिएको हुन्छ ।

डार्टमाउथ इन्जिनियर भन्छन्, ‘राउटरमा एल्मुनियम फोइलको प्रयोग गर्दा यसले घरमा वायरलेस संरचनाको क्षमता विकास गर्छ किनभने यसले घरको इन्टेरियर डिजाइन, विभाजन र अन्य बाधाहरुको प्रभावलाई कम गर्ने गर्छ । ’

एल्मुनियम फोइल लगाउँदा सिग्नल एक दिशामा काम गर्न थाल्छ ।

त्यसकारण राउटरमा एल्मुनियम फोइल यसरी लगाउनुहोस् कि त्यो कोठातर्फ नै इंगित होस् ।

यद्यपी, दोस्रो कोठामा यसको सिग्नल आउँदैन तर तपाईंले चाहेको ठाउँमा भने पक्कै आउनेछ ।

केही स्थानमा सिग्नल रोक्नुको फाइदा पनि छ जस्तै यसलाई सिसातर्फ जानबाट रोक्न सकिन्छ ता कि सिग्नल फिर्ता नहोस् र तपाईंको कनेक्शनले प्रभावकारी ढङ्गले काम गर्न सकोस् ।

सिग्नललाई दिशा दिँदा बाधा त कम हुन्छ नै यसले तपाईंको वाइफाईलाई सुरक्षा पनि दिन्छ ।

एल्मुनियम कभरेजमार्फत सिग्नललाई ती मानिससम्म पुग्न दिँदैन जसले तपाईंको वाइफाई चोर्न चाहन्छन् वा कुनै साइबर हमलाबाट तपाईंको कनेक्शन चोरी गर्न चाहन्छन् ।

डार्टमाउथ शोधकर्ताले यो घरेलु तरिकालाई अर्को स्तरसम्म पुर्याएका छन् । उनीहरुले थ्री डी मोडल प्रिन्ट सिस्टम बनाएका छन् जसले तपाईंको सिग्नलाइए त्यही इंगित गर्छ जहाँ तपाईं चाहनुहुन्छ । थ्रीडी प्लास्टिक प्रिन्टलाई एल्मुनियम फोइल लगाएपछि यो तयार हुन्छ ।

सुन्दा साधारण लाग्छ तब हामीमध्ये धेरैसँग थ्रीडी प्रिन्टर हुँदैन । त्यसकारण धैर्य र रचनात्मकता साथ धेरै खर्च नगरी हामीले आफै एल्मुनियम प्यानल बनाउन सक्छौं र सिग्नलको समस्या समाप्त गर्न सक्छौं । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई