२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीले इतिहासमै पहिलोपटक महिलालाई राजदूतमा नियुक्त गर्‍यो

२०७५, १३ फाल्गुन सोमबार ०२:४२

फागुन १३, काठमाडौँ । साउदी अरेबियाले इतिहासमै पहिलोपटक महिलालाई राजदूत नियुक्त गरेको छ । सो मुलुकले राजकुमारी रीमा बिन्त बन्दारलाई अमेरिकाका लागि नयाँ राजदूत नियुक्त गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

उनी साउदीका तर्फबाट अमेरिकाका पूर्व राजदूतपुत्री हुन् । आफ्नो बाल्यकाल वासिङट्नमा विताएकी शाही खान्दानकी बन्दारले विद्यालय र कलेज तहको अध्ययन पनि अमेरिकाबाट लिएकी थिइन् ।

अमेरिकी अखवार ‘द वासिङटन पोस्ट’ का पत्रकार जमाल खसोग्जीको हत्यापछि साउदी–अमेरिका सम्बन्ध चिसिएका बेला सो मुलुकले रीमालाई नयाँ दूत नियुक्त गरेको हो ।

गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी बाणिज्य दूतावासबाट बेपत्ता भएका खसोग्जीको दूतावास परिसरभित्रै हत्या भएको थियो ।

त्यसयता साउदी–अमेरिका सम्बन्ध चिसिदै आएको छ । साउदी नागरिक खसोग्जी पछिल्लो समयमा अमेरिकामा रहेर पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए भने उनी आफ्नो मुलुकको राजपरिवारको कडा आलोचना गर्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने