२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भीभोको Vivo V15 Pro नेपालमा लन्च हुँदै, कति पर्छ मूल्य ? हेर्नुहोस्

२०७५, १४ फाल्गुन मंगलवार ०७:०४

फ़ागुन १४, काठमाडौं । भीभोले विश्व बजारमा हालै मात्र सार्वजनिक गरेको भीभो भी१५ प्रो (Vivo V15 Pro) नेपाली बजारमा पनि सार्वजनिक गर्ने भएको छ ।

नेपाली बजारमा भीभोले यहि मार्च ७ तारिखमा भीभो भी १५ प्रो स्मार्टफोन ल्याउने भएको हो । हालै भारतबाट विश्वभर सार्वजनिक गरिएको उक्त फोन नेपाली बजारमा ल्याउने मिती निश्चित भएको कम्पनीका एक अधिकारीले जानकारी दिए ।

कम्पनीले भीभो भी १५ प्रोलाई ५० हजार रुपैयाँको हाराहारीमा राख्ने प्रयास गरिरहेको छ भने त्यसबारेमा छलफल हुँदै गरेको बताईएको छ ।

भारतमा यो फोनको मूल्य २८,९९० भारु तोकिएको छ; अर्थात करिब ४६ हजार रुपैयाँ रहेको छ । नेपाली बजारमा भने भारतको बजार मूल्य भन्दा केहि बढि मूल्य तोकेर ल्याउनेछ ।

यो स्मार्टफोनले आउँदै गरेको ओपोको एफ ११ प्रोसँग प्रतिस्पर्धा गर्ने देखिएको हुँदा पनि बजार मूल्य सोहिअनुसार राख्न सक्ने अनुमान गर्न सकिन्छ । ओपोले पनि भीभो भी१५ प्रोको नक्कल गर्दै मार्चको पहिलो साता विश्व बजारमा पप अप सेल्फी क्यामरा (Pop-Up selfie Camera) भएको नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ, जून नेपाली बजारमा पनि आउनेछ ।

यसैबिच भीभोले भीभो भी १५ नामक नयाँ स्मार्टफोन मोडल सार्वजनिक गर्ने भएको छ । भीभो भी १५ प्रोभन्दा केहि कम विशेषताहरुसहितको नयाँ फोन ल्याउन लागेको हो ।

कम्पनीले भीभो भी १५ प्रो किन्न नसक्ने तर सोहि फिचर भएको फोन चाहने ग्राहकहरुका लागि भनेर केहि सस्तो मोडल ल्याउन लागेको हो ।

भीभो भी १५ मा पनि भी१५ प्रो भन्दा फरक ६.३९ इन्चको एलसिडी डिस्प्ले हुनेछ भने मिडियाटेक हेलियो पी७० चीपसेट, ४जीबी र्याम र ६४ जीबी स्टोरेज हुनेछ ।

त्यसैगरि यसमा पावरब्याकअपका लागि ३,७०० एमएएचको ब्याट्री हुनेछ जसमा फास्ट चार्जिंग सपोर्ट हुनेछ ।

त्यस्तै यसमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने ४८ मेगापिक्सेलको मूख्य क्यामराको साटो २४ मेगापिक्सेलको क्यामरा हुने अनुमान छ । यो फोन कहिले सार्वजनिक हुन्छ भन्ने स्पष्ट अवधि भने अझै खुल्न सकेको छैन तर यसको बजार मूल्य करिब ३१० अमेरिकी डलरभन्दा माथि हुनसक्नेछ ।

भीभोले नेपाली बजारमा पनि भीभो भी १५ स्मार्टफोन ल्याउनेछ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने