2026-09-19 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माइक्रोसफ्टले बनायो संसारमै सबैभन्दा शान्त कोठा, सन्नाटा यति कि ४५ मिनेटभन्दा बढी बस्न सकिन्न

अमेरिकी सफ्टवेयर कम्पनी माइक्रोसफ्टले संसारमै सबैभन्दा शान्त कोठा तयार गरेको छ । झन्डै १७ करोड (नेपाली रुपान्तर) रुपयाँ लागतमा तयार भएको यो कोठामा मानिसले आफ्नो धड्कनको  आवाज समेत सहजै सुन्न सक्छ । वाशिंगटनको रेडमन्ड परिसरमा कम्पनीको मुख्यालयमा बनाइएको कोठामा सन्नाटा यति धेरै छ कि कोहिपनि व्यक्ति यहाँ ४५ मिनेटभन्दा बढी बस्न सक्दैन ।

विश्वकै सबैभन्दा शान्त कोठा

उक्त कोठालाई संसारकै सबैभन्दा शान्त भएको बताईएको छ । यहाँ आवाज माइनस २०.३ डेसीबल मापन गरिएको छ । सबैभन्दा बढी सन्नाटा भएको कोठाको रुपमा यसले गिनीज बुक अफ वर्ल्ड रेकर्डमा छिट्टै नाम लेखाउँदै छ । यो कोठाको सबै भित्ता एक फीट मोटाईमा बनेको छ । यसैको कारण बाहिरको आवाज भीत्रसम्म पुग्ननै पाउँदैन ।

कोठाको भित्र आवाज पनि गूंजदैन । कोठाको भित्ता, फर्श र छत बनाउन फाइबर ग्लासको प्रयोग गरिएको छ ताकि आवाज नगुंजीयोस् । कोठाको लंबाई, चौडाई र ऊंचाई २१-२१ फीट छ । 

माइक्रोसफ्टका इंजीनियर हुन्द्राज गोपालले बताए अनुसार यो कोठा हेडफोन र माउस बटनको आवाजको परीक्षण गर्नको लागि बनाएको हो । परीक्षण पछी हामी यी उपकरणहरुको ध्वनिलाई परिस्थिति अनुकूल बनाउनेछौं । केहि मानिस यो कोठामा आउँछन् र एक मिनेट पनि बस्न नसकेर वाहिरिन्छन् । यहाँ यति धेरै सन्नाटा हुन्छ कि मानिस डराउन थाल्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई