2026-06-28 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

vivo v15pro नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ? हेर्नुहोस्

2019-03-08

काठमाडौं । भीभोले बिहिबार आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भी१५प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भीभो भी१५प्रो पहिलो मोडल हो जसमा भीभो नेक्सपछि यस उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामरा प्रयोग गरिएको छ । जसमा ग्राहकहरुको आवश्यकताअनुसार आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरिएको छ भने इन्टेलिजेन्स पर्सनल असिस्ट्यान्टका साथमा फूल स्क्रीन स्मार्टफोन ल्याएको हो । 

भीभोले पुनः एक पटक एलेभेटिंग क्यामरा ल्याएर यसअघिको मान्यताभन्दा अगाडि बढेको छ जसले मोबाइलको अनुभवलाई उत्कृष्ट बनाउँछ । भी सिरिजमा उच्च स्तरका प्रविधिहरु तथा फीचरहरु राखिएको छ, जसले फोनलाई प्रिमियम फोनको अनुभव दिने कम्पनीको भनाई छ ।

एलेभेटिंग फ्रन्ट क्यामराका अतिरिक्त भी१५प्रोमा एआई ट्रिपल क्यामरा सेटअप रहेको छ, भने यसका साथमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग समेत राखिएको छ ।

‘आविश्कार हाम्रो प्रमुख मूल्य हो । उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामराले फोनमा बेजेललेस डिस्प्ले प्रदान गरेको छ । हामी सँधै गेम चेन्जिंग फीचहरु ल्याउन प्रयासरत छौं, जसमा उच्च गुणस्तरको क्यामराहरु, स्मार्टर एआई सर्भिसेज लगायतले मोबाइल अनुभवलाई नयाँ आयाम प्रदान गर्दछ,’ भीभो नेपालका ब्राण्ड प्रमुख पेङ्गदाले भने ।

यस्ता छन फिचरहरु-

भीभो भी१५प्रोमा ठूलो डिस्प्ले रहेको छ जसलाई एलेभेटिंग फ्रन्ट क्यामराले गर्दा सहज बनाएको हो ।

यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एलेभेटिंग क्यामरा पहिलो पटक मोबाइल वल्र्ड कंग्रेसमा पहिलो पटक नेक्समा प्रदर्शीत गरिएको थियो । भीभो भी१५प्रोमा ९१.६४ प्रतिशत स्क्रीन टू बडि रेसियो रहेको छ जसले गेमिंग र भीडियो हेर्नका लागि सहजता प्रदान गर्दछ ।

यसमा ६.३९ इन्चको सूपर एमोलेड अल्ट्रा फूलभ्यू डिस्प्ले प्रयोग गरिएको छ, जसमा १९.५:९ एस्पेक्ट रेसियो रहेको छ ।

ट्रिपल रियर क्यामरा

एआई ट्रिपल क्यामराका साथमा भी१५प्रोद्धारा उत्कृष्ट फोटो खिच्न सकिन्छ । भीभो भी१५प्रोमा स्पष्ट र गुणस्तरिय फोटो खिच्नका लागि एआईका साथमा ट्रिपल क्यामरा राखिएको छ । जून यसमा भएको ४८ मिलियन क्वाड पिक्सेल सेन्सरका कारणले सफल भएको हो । यसका साथै ८ मेगापिक्सेलको वाईड एंगल र ५ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ । फोर ईन वान पिक्सेल प्रविधि राखिएको मुख्य क्यामराले उच्च गुणस्तरको १२ मेगापिक्सेलको फोटो खिच्न सक्दछ भने अँध्यारो अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसको वाईड एंगर क्यामराले १२० डिग्रीसम्मको फोटो खिच्न सकिने बनाएकोछ ।

फोटोग्राफीका लागि यसमा एआई फेस ब्यूटि, एआई पोर्टेट फ्रेमिंग जस्ता फीचर छन् । अल न्यू एआई सूपर नाइट मोडले रातीको समयमा लिईने फोटोहरु ट्राइपोड बिना नै डिएसएलआरको जस्तै गुणस्तरमा खिच्न सकिन्छ । यसले गर्दा फरक एक्सपोजरमा पनि अनेकौं फोटोहरु लिन सकिन्छ । यसमा एआई बडि सेपिंग फीचर पनि राखिएकोछ ।

इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग प्रविधि

भीभो भी १५प्रोमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग प्रविधि प्रयोग गरिएको छ, जून यसको पाचाँै पुस्ताको नविनतम प्रविधि हो । अधिकतम फिंगरप्रिन्ट पिक्सेल डेन्सिटी र सोफिस्टिकेटेड अल्गोरिदमकाका साथमा यसले प्रयोगकर्ताहरुलाई थप सुरक्षा र सहजताका साथ आफ्नो फोनहरु अनलक गर्न सहयोगी हुन्छ ।

भीभोको एआई प्रविधि शक्तिशाली जोभीका साथमा अझ अगाडि बढेको छ । यो पर्सनल असिस्ट्यान्टले तपाईँको आवश्यकता र चाहनालाई बुझेर सहयोग गर्दछ ।

नविनतम प्रविधिका साथमा नयाँ फीचरहरु

एआई पावर अन गर्नका लागि भी१५प्रोको साइडमा भएको नयाँ स्मार्ट बटन प्रयोग गरे पुग्छ । एक क्लिकमा गूगल असिस्ट्यान्ट, दुई क्लिकमा जोभी इमेज रिकोग्नाइजर प्रयोग गर्न सकिन्छ । भी१५प्रोमा गूगलसँगको सहकार्यमा तयार पारिएको भ्वाइस कमाण्ड पनि राखिएको छ जसले तपाईँको आवश्यकताअनुसारको जवाफ दिन्छ । यसका साथै एआई फेस ब्यूटी, फोन मेमोरी क्लिनअप, खोजी लगायतका कार्य कमाण्डबाटै नै गर्न सकिन्छ ।

गेम मोड ५.०

भी१५प्रोमा भएको अपग्रेड गरिएको गेम मोड ५.० लाई गेमरहरुले मनपराउने छन् । यसमा कम्पिटिसन मोड राखिएको छ, जसले गेम परफर्मेन्सका लागि ड्यूल टर्बोका साथमा फोनको सिस्टम छुट्याउँछ, जसले गर्दा सहजरुपमा गेम खेल्न सकिन्छ ।

भीभो भी१५प्रोमा क्वालकम स्न्यापड्रागन ६७५एआई अक्टा कोर प्रोसेसर राखिएकोछ । यो फोन ६जीबी र ८ जीबी र्याम अप्सनमा आउँछ भने यसको आन्तरिक स्टोरेज १२८ जीबी रहेको छ । यसमा भएको ड्यूल इन्जिन फास्ट चार्जींग टेक्नोलोजीका साथमा प्रयोगकर्ताहरुले केबल १५ मिनेटमा एक चौथाई चार्ज गर्न सकिने हुँदा चार्जींगको समस्या हुनेछैन् ।

कम्पनीकाअनुसार भीभो भी१५प्रो नेपाली बजारमा टोपाज ब्लू कलर अप्सनमा मात्र उपलब्ध रहेको छ, जसको प्रिअर्डर फागुन २४ गतेदेखि शुरु हुनेछ । यो स्मार्टफोनको अधिकतम बजार मूल्य ५२ हजार ४९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी