2026-06-28 02:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘खल्ती डिजिटल वालेट’ले सुरु गर्यो क्यु–आर कोडमा आधारित इभेन्ट्स टिकेटिङ सेवा

2019-03-18

चैत्र ४, काठमाडौं । ‘खल्ती डिजिटल वालेट’ले आज चैत्र ४ गते सोमबारबाट क्यु–आर कोडमा आधारित डिजिटल टिकेटिङ सेवाको औपचारिक रुपमा सुरुवात गरेको छ । 

अब देशभरका सबै प्रकारका कार्यक्रम आयोजकहरुले आफ्नो कार्यक्रम तथा इभेन्ट्सको बारेमा खल्तीको टिकेटिङ प्रणालीमा जानकारी प्रकाशन गर्न सक्नुका साथै कार्यक्रमका दर्शक तथा सहभागिहरुले खल्ती एप तथा वेबसाइट प्रयोग गरी उक्त कार्यक्रमहरुको डिजिटल टिकट किन्न र अनलाईनबाटै पैसा भुक्तानी गर्न सक्नेछन् ।


डिजिटल प्रणालीमा आधारित यस टिकेटिङ र भुक्तानी सेवाले कार्यक्रम आयोजकका साथै उक्त कार्यक्रमका दर्शक तथा सहभागीहरुलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । खेलकुद प्रतियोगिता, म्युजिक कन्सर्टका साथै अन्य थुप्रै प्रकारका कार्यक्रमहरुको टिकट अब खल्तीको उक्त सिस्टममा उपलब्ध हुनेछन् ।

अनलाईनटिकेटिङ सेवाको औपचारिक सुरुवात गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, “नेपालको सन्दर्भमा अहिलेको अवस्था हेर्ने हो भने इभेन्ट टिकेटिङ अझै व्यवस्थित र सहज हुन सकेको छैन । नजिकैको नाटकघरमा लागेको नाटक हेर्न होस् या कुनै स्पोर्ट्स म्याच हेर्न होस् अथवा कुनै सांगितिक कन्सर्ट नै किन नहोस्, कार्यक्रमको प्रचार–प्रसार, टिकट छपाई रवितरण जस्ता कामले आयोजकहरुलाई थप बोझ थप्ने गरेको पाइन्छ । त्यस्तै, दर्शकहरु पनि कार्यक्रम सुरु हुनु अगावै कार्यक्रम स्थलमा पुगेर लाईन बसेर टिकट किन्नुपर्ने असहजता छ । 

“खासमा यस्तो काम त्यति धेरै बोझिलो हुनुहुँदैन भन्ने हेतुका साथ खल्तीले यस डिजिटल टिकेटिङ सेवा सुचारु गरेको हो । हामीलाई आशा छ खल्तीले ल्याएको यो सेवा मार्फत अब कार्यक्रम आयोजकहरुको उक्त बोझ हटेर जानेछ । त्यस्तै, कार्यक्रमका सहभागि तथा दर्शकहरुले पनि अब आफ्नो मोबाईलबाटै सहजतापूर्ण तरिकाले टिकट बुक गर्न र पैसा भुक्तानी गर्न सक्नुहुनेछ ।”

खल्तीले संचालनमा ल्याएको यस सेवाले कार्यक्रम आयोजकहरुको टिकट छपाई तथा वितरण गर्ने झन्झट केहि हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ । साथै, उक्त कार्यक्रमका दर्शकहरुले पनि अन्लाईन मार्फत टिकट किन्दा पैसा बचत गर्न सक्नेछन् । खल्ती मार्फत टिकट किन्दा प्रत्येक टिकटमा टिकटको मूल्यको पचास प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ ।

टिकट किनिसकेपछि प्रयोगकर्ताले हरेक टिकटको लागि एउटा क्यु–आर कोड प्राप्त गर्नेछन् जुन ‘पिडिएफ’ को फर्म्याटमा डाउनलोड गर्न पनि सकिन्छ । यसरी प्राप्त गरेको टिकट प्रीन्ट गर्ने झन्झट गर्नुपर्ने छैन । आफ्नो स्मार्टफोनमा रहेको उक्त कोड (ई–टिकट) लिएर कार्यक्रम स्थलमा जान सकिनेछ, जहाँ कार्यक्रम आयोजकले उक्त कोड स्क्यान गरि टिकट भेरीफाई गर्नेछन् ।

सन् २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्ती एप तथा वेबसाइटप्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ५,००,००० भन्दा बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी