2026-09-19 08:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व इतिहाँसमा पहिलो पटक ड्रोनबाट व्यवसायिक डेलीभरी सेवा शुरू, Google ले राख्यो रेकर्ड

चैत २९, काठमाडौँ | ड्रोनमार्फत  सामान डेलीभरीको प्रयासमा कयौं कम्पनी लागी परेका छन् । यसको लागि हजारौ ट्रायल पनि भईसकेका छन् । तर संसारमै पहिलो पटक व्यवसायिक ड्रोन डेलीभरी सेवा शुरू गर्ने देशको श्रेय गूगलले पाएको छ । अमेरिकी कम्पनीले अस्ट्रेलियाको राजधानीमा यस सेवाको लागि अनुमति पाएको हो । 

गूगल विङले अष्ट्रेलियाको क्यानबरामा करीब १०० घरमा ड्रोनमार्फत खाना, कफी र औषधिको डेलिभरी गर्नेछ । गूगल २०१४ देखि यसको परिक्षण गर्दै थियो । डेढ बर्षदेखि यसको ट्रायल पनि चलेको थियो । ट्रायलको क्रममा कम्पनीले ३ हजार पार्सल डेलिभरी गरेको छ ।

ट्रायलको क्रममा प्रतिक्रियाको आधारमा सुधार 

ट्रायलको क्रममा मानिसहरुके ड्रोनबाट निकै ठूलो आवाज आएको भन्दै प्रतिक्रिया दिएका थिए । सामाजिक संजालमा त्यसको बिषयमा निकै पोष्टहरु आएका थिए । त्यसपछि गूगलले धेरै सुधार गर्यो । तब यस ड्रोनलाई सेवा गर्ने अनुमति दिईएको हो ।

गूगलले भनेको छ कि ‘मानिसहरुको प्रतिक्रियाको आधारमा हामीलाई धेरै सुधार गर्नमा मद्धत मिलेको छ । आशा छ कि हामी यसलाई थप राम्रो बनाउने छौं र यो सेवा ठुलो परिमाणमा अन्य शहरमा पनि शुरू हुनेछ ।’ 

२०३० सम्ममा अष्ट्रेलियामा २५% डेलिभरी ड्रोनबाट हुने अनुमान 

गूगलको दावी छ कि सिर्फ क्यानबरामा मात्र नभई ड्रोनबाट डेलीभरीको सेवा ४ करोड अस्ट्रेलियन डलरको बिजनेस कम्पनीलाई दिनेछ । एक अनुमानको अनुसार २०३० सम्ममा अष्ट्रेलियामा २५% डेलिभरी ड्रोन मार्फत हुनेछ । अमेजन र अलीबाबा पनि ड्रोन डेलीभरी सेवामा काम गर्दैछन् । यी कम्पनीले ब्रिटेन, अमेरिका र चीनमा यसको कयौं ट्रायल पनि आयोजना गरिसकेका छन् । तर उनीहरुलाई आजसम्म व्यवसायिक तरिकाले सामान डेलिभरी गर्ने अनुमति दिईएको छैन ।

सडक वा भीडभाड हुने क्षेत्र माथि ड्रोन उडाउन पाइने छैन, राति अवेरसम्म डेलिभरीको काम गर्न पनि नपाउने 

– ड्रोन सडक वा भीडभाड हुने क्षेत्र माथि उडाउन पाइने छैन ।

– सोमवारदेखि शनिवारसम्म बिहान ७ बजेदेखि रातको ८ बजेसम्म सेवा उपलब्ध रहनेछ ।

– आइतवार यो सेवा बिहान ८ बजेदेखि राति ८ बजेसम्म हुनेछ ।

यसका अलावा अन्य नियम पनि बनाइएको छ… 

ड्रोनमा सामान अर्डर गर्नेको घरको ठेगाना जीपीएसमार्फत हुन्छ । ड्रोन खरीदकर्ताको गार्डन माथि गएर पार्सल झारेर फिर्ता जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई