2026-06-27 07:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओप्पोको A11 PRO नेपालमा सार्वजनिक हुँदै, के-के छन् फिचर्स ? हेर्नुहोस्

2019-04-18

बैशाख ५, काठमाडौं– ओपोले एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने भएको छ । यहि बैशाख ९ गते उक्त फोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दुई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।


एफ९ अन्तर्गतका उत्कृष्ट फिचर्स तथा डिजाइनका साथै फोनमा विभिन्न नवप्रबर्तनात्मक प्रविधि तथा ४८एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिनलगायत पनि उपलब्ध हुने छन् । यी विशेषतामार्फत कम्पनीले आफ्ना उपभोक्तालाई आरामदायी तथा उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ 

एफ११ प्रो सार्वजनिक कार्यक्रममा नेपाली चलचित्र जगतकी उदयीमान अभिनेत्री स्वस्तिमा खड्काको पनि उपस्थिती रहने कम्पनीले जानकारी दिएको छ । ४ हजार एमएएच ब्याट्री सहितको फोनमा कम्पनीद्वारा स्व–विकसित भोक ३.० फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गराएको छ ।

एफ११ प्रोमा उपलब्ध भोक ३.०ले फोनको चार्जिङका लागि घण्टौं कुर्नु पर्ने झञ्झटबाट उपभोक्तालाई छुटकारा दिनेछ । यो प्रविधिको सहायताले मात्र केही क्षणको चार्जिङबाटै केही घण्टाका लागि पर्याप्त टकटाइम प्राप्तगर्न सकिन्छ ।

भोल्टेज ओपन लुप मल्टि–स्टेप कन्स्ट्यान्ट–करेन्ट (भोक)लाई पहिलो पटक कम्पनीले सन् २०१८मा सार्वजनिक गरेको थियो । यो चार्जिङ समाधानले तिब्र गतिको चार्जिङ मात्र नभइउ पभोक्तालाई फोन तात्ने लगायत समस्याबाट समेत सुरक्षा प्रदान गरेको छ ।

ओपो एफ११ प्रोका साथमा सार्वजनिक हुने भोक ३.०ले बजारमा उपलब्ध समान ४ हजार एमएएच ब्याट्री क्षमता सहितका फोनको तुलनामा तिब्र चार्जिङ समाधान प्रदान गर्ने कम्पनीको दावी छ । ओापोको नयाँ भोक ३.० चार्जिङ प्रविधिले ट्रिकल चार्जिङ गतिमा भोल्टेज न्यूनिकरण मार्फत सुधार प्रदानगर्दै चार्जिङको लागि लाग्ने समयमा २० प्रतिशतसम्मले न्यूनिकरण ल्याउँछ । 

यी फिचर्स विशेषगरी स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने मोबाइल गेमर्सका लागि उपयोगी छ । अहिलेका लोकप्रिय गेमहरुका लागि तुलनात्मक रुपमा अधिक उर्जाको आवश्यकता पर्छ जसले गर्दा फोनको ब्याट्री खपत तिब्र गतिमा हुन्छ । 

फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’मा आधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यसमाआधारित रहेर नयाँफोन, ठण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई आकर्षक ग्राडियण्ट रंगमा उपलब्ध गराउने ओपोले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी