2026-07-25 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भविष्यमा प्लेनलाई कुनै विमानस्थल नचाहिने !

काठमाडौं । ‘टिल्ट–रोटोर’वायुयान हवाइजहाजस्तै छिटो र टाढा उड्न सक्छन् । यसलाई शक्ति राष्ट्रका सेनाले लामो समयदेखि उडाइरहेका छन् ।

अब पहिलो पटक सो वायुयान नागरिक प्रयोगका लागि स्वीकृत हुने भएको छ । यसलाई नागरिक प्रयोगका लागि स्वीकृत गर्दा पनि खोज–बचाउ अभियान, व्यवसायीहरूको यात्रा र आपतकालीन चिकित्सकीय उडानका लागि प्रयोगमा जोड दिइनेछ ।

रिपोर्टअनुसार अर्बपति र पूर्वन्युयोर्क मेयर माइकल ब्लुमबर्गले एउटा अडर गरिसकेका छन् । ब्लुमबर्गजस्ता व्यवसायीहरूले ‘टिल्ट–रोटर’लाई आफ्ना घर नजिक राख्न सामर्थ छन् । यसको उडान गति ३०० माइल प्रतिघण्टा हुनेछ । यस यानलाई कुनै पनि हेलिप्याडमा अवतरण गर्न सकिन्छ ।

यसका लागि कुनै विमानस्थल आवश्यकता पर्दैन ।

‘टिल्ट–रोटर्स’ले अङ्ग प्रत्यारोपण प्रक्रियामा महत्त्वपूर्ण समय बचाउन सक्छ ।

उदाहरणका लागि उनीहरूले दाताहरूको मुटु अस्पतालको हेलिप्याडबाट लिन सक्छन् र तत्कालै १००० माइल दूरीमा रहेका अर्को अस्पतालमा ओराल्न सक्छ । यसले गर्दा विमानस्थललाई पूर्णत बेवास्ता गर्न सकिन्छ ।

खोज र बचाउन अभियानमा उपयोगी । न्यून–उचाइमा उड्ने खोज विमान जमिनमा रहेको मानिसहरूलाई त पहिचान गर्न सक्छ तर ती मानिसलाई सुरक्षित स्थानमा लानका लागि भने पुनः हेलिकप्टर नै पठाउनुपर्छ ।

तर अब ‘टिल्ट रोटर’ हवाइजहाजले समय मात्र होइन मानिसहरूको ज्यान पनि बचाउनेछ । यसले गर्दा लामो दूरीको खोज अभियान र त्यसपछि जमिनमा मानिसलाई उडेर मासिनहरूलाई आश्रय दिनेछ ।

विश्वको पहिलो आम प्रयोगका लागि निर्माण हुने टिल्ट–रोटोर हवाइजहाज इटालियन विशाल हवाई निर्माण कम्पनी लियोनार्दोले अमेरिकामा निर्माण गर्दैछ ।

कम्पनीले आफूले निर्माण गर्ने पहिलो एडब्लू–६०९ उत्पादन नमुना, यो हप्ता उसको फिलाडेल्फियामा रहेको कम्पनीमा निर्माण सुरु गर्ने बताएको छ ।

यदि सबै योजना अनुरूप अघि बढ्यो भने एडब्लू–६०९ ले यस वर्षको अन्त्यसम्म सङ्घीय उड्डयन प्रशासन प्रमाणपत्र पाउनेछ र सन् २०२० को कुनै समय सेवा प्रवेश गर्नेछ ।

नौ यात्रु र दुई क्रु सदस्य अट्ने यस विमानमा दुई पङ्खाको कुनामा ‘टर्बोप्रोप प्रोलर’ जडान गरिएको छ । यसैले यसलाई यो जहाज र विमानको उडान भराउन सक्षम बनाउँछ ।

सैन्य वायु यान ‘ओस्प्रे’भन्दा के कुरामा फरक

पेन्टागनको स्वामित्वमा रहेको ‘भी–२२ ओस्प्रे’भन्दा अलग रहेको विश्वको पहिलो टिल्ट–रोटर जहाज एडब्लू–६०९ मा प्रेसरयुक्त क्याबिन छ । यो २५ हजार फिटसम्म उड्न सक्छ । यो उचाइमा वायुमण्डलमा जलवायु परिवर्तन हुँदैन । यसले गर्दा विमान आरामसँग उड्छ । 

ओस्प्रेजस्तै एडब्लू–६०९ पनि विकासको क्रममा विभिन्न दुर्घटनामा पर्यो । ओस्प्रेको कुरा गर्ने हो भने सन् १९९२ र सन् २००० मा भएको प्राणघातक दुर्घटनापछि उसको प्रतिष्ठामा नै आघात पुगेको थियो ।

सन् २०१५ मा एडब्लू–६०९ प्रोटोटाइप पनि परीक्षण उडानका क्रममा दुर्घटना हुँदा दुई पाइलटको ज्यान गएको थियो ।

“नियामकहरूले यी विमानको विकासमा आएको कठिनाइ प्रकाशमा आइरहँदा यिनमाथि नजिकबाट हेर्नेछन्,” टिल समूहमा उड्डयन उद्योग विश्लेषण गर्ने रिचर्ड अबोलाफियाले भने ।

लियोनार्दोका कार्यकारी निर्देशक कुटिलोले भने यस खालको विमानका लागि नियामक संस्थासँग समन्वय गरिरहेको बताए । एजेन्सीको सहयोगमा  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक