2026-07-24 10:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङको दुई विद्यालयलाई पशु विज्ञान अध्यापनका लागि अनुमति

वैशाख ७, गलकोट । बागलुङको दुई विद्यालयलाई सरकारले पशु विज्ञान अध्यापनका लागि अनुमति प्रदान गरेको छ ।  

जिल्लाको ताराखोला गाउँपालिका–४ तारागाउँस्थित नेपाल माध्यमिक विद्यालय र निसीखोला गाउँपालिका–५ निसीगाउँस्थित ज्ञानेन्द्र माविमा पुश विज्ञान अध्यापनका लागि अनुमति पाएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक प्रविधि शाखा, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ सम्म पशु विज्ञान अध्ययनका लागि हालै मात्र अनुमति दिएको हो ।  

शिक्षालाई व्यावहारिक तथा प्रयोगात्मक बनाउने अभियानमा नेपाल सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने अभियानअन्तर्गत अनुमति प्रदान गरेको मन्त्रालयले जनाएको छ । “हामीले पटक पटकको प्रयासपछि पशु विज्ञान अध्यापन गराउने अनुमति प्राप्त गरेका छौँ,” नेपाल मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस खत्रीले भन्नुभयो, “गाउँमै विपन्न परिवारका छोराछोरीलाई प्राविधिक शिक्षाको पहुँच पुग्नेछ ।”

नेपाल माविले गत फागुनमा स्वर्ण महोत्सवका अवसरमा प्राविधिक सञ्चालनका लागि सञ्चालन गरेको आर्थिक सहयोग अभियानमा डेढ करोड रुपैयाँ सङ्कलन गरेको विद्यालयले जनाएको छ । जिल्लाकै विकट विद्यालयमा प्राविधिक पशुविज्ञान सञ्चालन गर्न पाउँदा खुशी लागेको ज्ञानेन्द्र माविका व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घर्ती मगरले प्रतिक्रिया दिनुभयो ।

“दूरदराजका विद्यालयमा प्राविधिक शिक्षाको पहुँच पुग्दा दक्ष जनशक्ति उत्पादन हुनेछन्,” मगरले भन्नुभयो । सामुदायिक विद्यालयप्रतिको आकर्षण घटिरहेको सन्दर्भमा कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएका उक्त दुई विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । नेपाल माविमा ४९१ र ज्ञानेन्द्र माविमा ७१५ विद्यार्थी अध्यनरत छन् । प्राविधिक शिक्षा सञ्चालनका आवश्यक तयारी भईरहेको नेपाल माविका प्रधानाध्यापक थमप्रसाद रोकाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक