2026-07-25 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुक मेसेन्जरमा एकैपटक ५ वटा सम्म एकाउन्ट चलाउन सकिने, यस्तो छ तरिका

काठमाडौं । कयौं मानिसहरु यस्ता हुन्छन की उनीहरु फेसबुकमा एक भन्दा धेरै एकाउन्ट प्रयोग गर्ने गर्दछन् । तर उनीहरुलाई सँधै यो समस्या हुन्छ की कसरी एकैपटक ती एकान्टसको म्यासेन्जर प्रयोग गर्ने भनेर । तर यो निकै सजिलो र सहज छ ।

एउटै स्मार्टफोनबाट आफ्नो एक भन्दा धेरै फेसबुक मेसेन्जर एकाउन्ट चलाउन सकिन्छ ।

फेसबुक मेसेन्जरमा तपाईँले एकैपटक पाँचवटासम्म एकाउन्ट जोडेर प्रयोग गर्न सक्नुहुन्छ । यसमा तपाईँले ती सबै एकाउन्टलाई जोड्नुपर्ने हुन्छ । जब तपाईँ आफ्नो नयाँ एकाउन्छ एड गर्नुहुन्छ भने त्यतिबेलासम्म फेसबुक मेसेन्जरले तपाईँलाई परमिशन दिँदैन जबसम्म तपाईँ पासवर्ड सेभ गर्नुहुन्न।

यो गर्दा एउटा विषय भने ध्यान दिनुहोस की तपाईँले एड गरेका कुनैपनि एकाउन्ट पछि हटाउन अर्थात रिमूभ गर्न सक्नुहुन्छ ।

कसरी एड गर्ने नयाँ एकाउन्ट

-आइफोन, आइप्याड वा एन्ड्रोयड एकाउन्टमा एड गर्नको लागि सबैभन्दा पहिले तपाईँले आफ्नो फेसबुक मेसेन्जर खोल्नुहोस् ।

-त्यसमा देखिने आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुस्

-त्यसपछि स्क्रोल डाउन गरेर तल जानुस र स्विच एकाउन्टमा जानुस् । यहाँ तपाईँलाई एड एकाउन्टको अप्शन देखिनेछ र त्यसमा ट्याप गर्नुहोस् । त्यसपछि आफ्नो एकाउन्टको डिटेल दिएर ओकेमा ट्याप गर्नुस् । त्यसपछि तपाईँको नयाँ एकाउन्ट जोडिनेछ ।

यसरी एकाउन्ट स्विच गर्नुस्

-आफ्नो सबै एकाउन्ट एड गरेपछि तपाईँले प्रत्येक मेसेन्जर एकाउन्ट प्रयोग गर्न सक्नुहुन्छ । यसमा छुट्टै छुट्टै एकाउन्ट स्विच गर्नको लागि अब मेसेन्जर एप खोल्नुस्

-त्यसपछि तपाईँको आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुस् । त्यसमा तपाईँलाई स्चिव एकाउन्ट देखिनेछ । जसमा कुन एकाउन्ट तपाईँ प्रयोग गर्न चाहनुहुन्छ त्यो एकाउन्टमा ट्याप गर्नुस र मज्जाले आफ्ना साथीभाईहरुसँग च्याट र कुराकानी गर्नुस् । एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक