2026-09-19 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुवावेलाई बेलायत सरकारले दियो यस्तो सहमति

 बैशाख  ११, लन्डन | बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिनुभएको छ । 

बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु र अमेरिकाबाट सुरक्षा खतरा देखाइए पनि त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले हुवावेको सेवा लिन मन्जुरी दिनुभएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले चिनियाँ कम्पनीलाई एन्टेनाजस्ता सहायक पूर्वाधारहरु निर्माण गर्न सीमित अनुमति दिएको टेलिग्राफले जनाएको छ ।

प्रधानमन्त्रीको प्रस्तावमाथि गृहमन्त्री साजिद जाभिद, विदेशमन्त्री जेरेमी हन्ट, रक्षामन्त्री ग्याभिन विलियम्सन, अन्तर्राष्ट्रिय व्यापारमन्त्री लियाम फक्स र अन्तर्राष्ट्रिय विकासमन्त्री पेन्नी मोर्डन्टले चासो देखाउनुभएको थियो ।

संयुक्तराज्य अमेरिकाले हुवावेको ५जी प्रविधिलाई अमेरिकामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले आफ्ना गठबन्धनका मुलुकहरु अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्यूजील्यान्डलाई पनि हुवावेको दूरसञ्चार सेवा नलिन निरन्तर दबाब दिँदै आएको छ ।

युरोपका अर्थतन्त्र खासगरी ऊर्जा, यातायात, बैंकिङ र स्वास्थ्य सेवाका तथ्याङ्कीय विवरणहरु हुवावेमार्फत तिब्र गतिको इन्टरनेटबाट चीनले लैजाने अमेरिकी भनाई छ । हुवावेले अमेरिकी आरोपको लगातार खण्डन गरिरहेको छ तर अझै विश्वासको वातावरण बन्न सकेको छैन ।एएफपी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई