2026-06-28 02:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङ फोन प्रयोग गर्नुहुन्छ ? खसेर फुटे वा बिग्रिए नयाँ पाइन्छ !

वैशाख १४, काठमाडौँ | मोबाइल फोन सेट खसेर फुट्यो वा कुनै पनि कारणले बिग्रिएमा चिन्ता लिनु पर्दैन । किनकी तपाइले किनेका महँगा सामसुङ फोनका सेटहरुमा १ बर्षको बिमा हुन्छ ।

पछिल्लो समय किनिएका महँगा सेट प्राय सबैको बिमा गरिएको हुन्छ । ग्राहकले फोन किनेको १ बर्षसम्म बिमाबापत आफूले किने फोनमा ६ हजार भन्दा बढी रकम लाग्ने क्षेती भए ६ हजार भन्दा जति बढी लाग्छ सबै बिमाबाट क्षेतिपूर्ति पाउन सक्छन् भने फुटेर काम नलाग्ने भएमा वा सारीरिक खरावी भएमा वा फोन बनाउन नै नमिल्ने भएमा नयाँ सेट समेत पाउन सकिन्छ ।  


तपाइले किनेको फोन बिमा भएको छ भने यो योजना लागु हुन्छ । जसको लागि तपाइले फोन किनेको १ बर्षको अवधि हुनुपर्छ, जुन वारेन्टी, सिम एक्टिभेसन डेट र भ्याटबिलको आधारमा हेरिन्छ । यदी तपाइले २०७५ असार २ गते सामसुङ एस ९ सेट किन्नु भएको छ भने उक्त सेटमा कुनै समस्या आए, स्क्रिन फुटे वा कुनै पनि खरावी आए बिमा क्लेम गरेर नयाँ सेट पाउन वा सोहि फोन सेट बनाउन सक्नुहुन्छ । विमाको सुविधा नेपालका आधिकारिक बिक्रेताकोमा किनिएको अवस्थामा मात्र लागू हुन्छ, यदी विदेशबाट ल्याइएको सेट हो भने बिमा लागू हुँदैन । 

नेपालको लागि सामसुङको आधिकारिक विक्रेताहरुले सामसुङको पछिल्ला प्राय सबै महँगा सेटहरुमा ग्राहकको सुविधाको लागि बिमा गरेर बिक्रि गर्ने गरेका छन् । आफ्नो फोन बिमा भए/नभएको कुरा आफूले किने ठाउँबाट जानकारी लिन सकिन्छ वा किन्दानै बिमा गरिए/नगरिएको जानकारी पाउन सकिन्छ । 

बिमा गरेको फोन फुटेको वा कुनै पनि कारण सेटनै काम नलाग्ने भएमा बनाउन वा नयाँ सेट पाउन सकिन्छ । जसको लागि बिमा कम्पनीले जिम्मेवारी लिन्छ । बिमा अवधिमा कुनै फोन झरेर फुटेमा उक्त फोन बिमा कम्पनीले बनाउन सहयोग गर्छ ।  बजारमा आएका फोनहरुको स्क्रिन फुटेमा यदी बिमा छैन भने फोन किनेको मूल्यको ४०% त्यसैमा खर्च हुने हुँदा बिमाको कारण निकै सहज हुन्छ । मानौं तपाइले सामसुङको एस ९ प्लस मोवाइल किन्नु भयो र उक्त फोनको कुनै कारणबस स्क्रिन फुट्यो भने तपाइले फोन किनेको १ बर्षभित्र बिमा दावी गर्न सक्नुहुन्छ यस्तो अवस्थामा तपाइको फोनको बिमा नभएको भए नयाँ स्क्रिन फेर्नको लागि ३०/३५ हजार वा त्यो भन्दा बढी खर्च गर्नुपर्थ्यो तर बिमा गरिएको कारण तपाइँले त्यत्रो रकम तिर्नु पर्दैन । 


महँगा फोन किनेर फुट्छ कि वा हराउँछ कि वा केहि हुन्छ कि भन्ने तनाव लिईराख्नु भन्दा बिमा गरेर ढुक्क हुनसक्ने हुँदा बिमाप्रति ग्राहकको आकर्षण छ । ५० हजार वा १ लाखको फोन किन्दा केहि शुल्क बिमा बापत तिरेर ढुक्कले फोन प्रयोग गर्न सकिन्छ भने बिमा गरिएको फोन चलाउनु गज्जबको कुरा हैन र ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी