2026-06-28 02:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङ ग्यालेक्सी A70 नेपाली बजारमा, यस्ता छन् नयाँ फिचर (हेर्नुहोस् मुल्यसहित)

2019-04-30

बैशाख १७, काठमाडौं– सामसङ नेपालले ग्यालेक्सी A70 नेपाली बजारमा प्रस्तुत गरेको छ । यो ग्यालेक्सी एहरु मध्येको पाँचौं स्मार्टफोन हो । 

ग्यालेक्सी ए७०मा अनेकौं फिचर्सहरु रहेका छन्, यसमा ३२ मेगापिक्सल सहितको शक्तिशाली ट्रिपल रेयर क्यामरा रहेको छ, जसले शानदार सुपर स्लो मो भिडियो शुट गर्न सक्षम छ । ग्यालेक्सी ए७०मा २५ डब्ल्यूको सुपर फास्ट चार्जिङ्ग फिचर पनि रहेको छ, यसमा ४५०० एमएएचको व्याट्रि रहेको छ । यसमा भएको शक्तिशाली व्याट्रिले पूरै दिन शेयर, भिडियो स्ट्रिमिङ्गको लागि स्वतन्त्रता प्रदान गर्दछ । 

ग्यालेक्सी ए७०मा शक्तिशाली ३२ मेगापिक्सल ट्रिपल रियर क्यामरा राखिएको छ, जसले स्लोमो तथा अल्ट्रा वाइड भिडियो खिच्न सक्षम छ । यसमा एफ–१.७को साथ ३२ मेगापिक्सल लो लाईट लेन्स पनि छ ।

यसबाट जस्तोसुकै कम उज्यालोको अवस्थामा पनि उच्च गुणस्तरीय फोटो खिच्न सकिन्छ । १२३ डिग्रीको कोणमा फोटो खिच्न सकिने हुँदा यस फोनबाट प्रयोग कार्ताहरुले अल्ट्रा वाइड तस्वीर तथा भिडियो लिन सक्नेछन् । ५ मेगापिक्सलको डेप्थ लेन्सले प्रयोगकर्तालाई प्रभावशाली तस्वीर लिने क्षमता प्रदान गर्दछ ।

यसमा भएको लाइभ फोकस फिचरले फोटो खिच्दै गर्दा वा फोटो खिचिसकेपछि फिल्डको डेप्थलाई मिलाउन सकिने क्षमता प्रदान गर्दछ । 

ग्यालेक्सी ए७०मा सामसङको इन्टेलिजेन्ट् सीन अप्टिमाइजर पनि रहेको छ जसले २० मोडहरुमा एक सिनको विश्लेषण गरी इमेज क्वालिटिलाई तुरुन्त अप्टिमाइज गरी कलर, कन्ट्रास्ट तथा ब्राइटनेसलाई स्वतः मिलाउने छ ।

सेल्फी लिन रुचाउनेहरुका लागि यस फोनमा ३२ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । यसमा प्रयोगकर्ताले एआर इमोजी तथा सेल्फी फोकस जस्तो फिचरको उपयोग गरी आफैले जीवन्त रुपमा साथीभाइहरु माझ कनेक्ट गर्ने मौका प्रदान गर्दछ । 

अझ धेरै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले तयार पारिएको ग्यालेक्सी ए७०मा प्रिमियम ६.७ इन्चको एफएचडी + इन्फिनिटी यू डिस्प्ले तथा वाईडभाइन एल१ सर्टिफिकेसनले प्रयोगकर्तालाई टू एचडी कन्टेन्ट स्ट्रिमिङको अवसर प्रदान गर्दछ ।

सामसङको आफ्नै सुपर एमोलेड प्रविधिले डिस्प्लेलाई जीवन्त बनाई स्ट्रिमिङको वेग्लै मजा प्रदान गर्दछ ।  ग्यालेक्सी ए७०मा रहेको डल्वी एटमोसले ३६० डिग्रीको सराउण्ड साउन्डको अनुभव प्रदान गर्दछ । 

ग्यालेक्सी ए७०को मूल्य नेपाली बजारमा ४७ हजार ९ सय ९० रहेको छ । यो फोन अप्रिल २६ तारिखदेखि प्रि–बुकिङ्गको लागि उपलब्ध रहेको छ ।  प्रि बुकिङ्ग गर्ने ग्राहकहरुले ३ हजार ८ सय बराबरको एङ्कर कम्पनीको १०४०० एमएएचको पावर बैंक निःशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजना स्टक रहुञ्जेलसम्म मात्र लागू हुने छ । 

ग्यालेक्सी ए ७० यहि वैशाख १८ गतेदेखि नेपालभर रहेका सामसङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसङ ब्राण्ड सपहरुबाट उपलब्ध हुने छ । यो फोन नीलो र कालो रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी