2026-07-25 02:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

Xiaomi द्वारा नेपालमा ३२ एमपी सेल्फी क्यामेरा भएको फोन सार्वजनिक, मूल्य कति ?

वैशाख २५, काठमाडौं | शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ जसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो । 

यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी हाम्रो ग्राहकहरुमाझ सबैभन्दा नयाँ रेडमी वाई ३ ल्याउन पाउँदा निकै उत्साहित छौँ । यो ३२ एमपी सुपर सेल्फी क्यामेरासँगै हाम्रा एमआई (MI) ग्राहकहरुले सेल्फीको अनुभव पुनःपरिभाषित गर्न सक्नेछन् । आश्चर्यजनक औरा प्रिज्म डिजाइनसँगै रेडमी वाई ३ ले अघिल्लो पुनरावृत्तिबाट महत्वपूर्ण फड्को मारेको छ । क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट संचालित तथा उच्च क्षमता भएको ४००० एमएएच ब्याट्रीसँगै यस स्मार्टफोनले नेपाली ग्राहकहरुलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्टि नवीनतम प्रविधि ल्याएको छ ।”

रेडमी नोट ७ सिरिजको उद्घाटनका साथ औरा डिजाइनले रेडमी वाई ३ लाई औरा प्रिज्मसँगै बनाउन नयाँ आकार दिएको छ । रेडमी वाई ३ को पछिल्लो भागमा प्रिज्म जस्तै माइक्रो लाइन छ र यसको आकर्षक रंगले पक्कै बजारमा तहल्का मचाउने  निश्चित छ । फोनको अघिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ रहेको छ र मजबुत कर्नर तथा पीटुआई न्यानो कोटिङले यस उपकरणलाई स्प्लेशस्हरुबाट जोगाउन मद्दत गर्दछ ।

रेडमी वाई ३–३२ एमपी सुपर सेल्फी

अघिल्लो रेडमी वाई सिरिज फोनले बनाएको विरासतलाई महत्वपूर्ण फड्को मार्दै, रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामेरा भित्र्याएको छ जसले आजका कन्टेन्ट क्रेटरहरुका लागि योग्य भएको ठहर गर्दै राम्रो स्थान बनाएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएस ९भ्क्ष्क्०सँग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर हो ।

१.६माइक्रो मिटर सुपर पिक्सेल साइजसँगै रेडमी वाई ३बाट हल्का प्रभावकारीदेखि जीवनउपयोगी छवि सृजना गर्ने सेल्फी र भिडियोहरु लिन सकिन्छ । सहज स्क्रीन फ्ल्यासको माध्यमबाट कम प्रकासमा पनि सेल्फी लिन सकिन्छ जुन स्वचालित रुपमा सक्षम गर्न वा फोर्स इनेबल गर्न सकिन्छ ।

रेडमी वाई ३, ३२ एमपी सेल्फी क्यामेरा पाल्म सटर मोडमा उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमा पाल्मको इशारामा ३ सेकेण्ड टाइमर ट्रिगर गर्न सक्छन् ।  

औरा प्रिज्म डिजाइन

नविनतम सबै रुपमा आउन सक्छन्, र रेडमी लाइनअपमा भएको एक सबैभन्दा नयाँ विकास औरा डिजाइन हो । रेडमी वाई ३ मा औरा डिजाइनले मुर्त रुप दिन्छ तर फोनको पछिल्लो भागमा प्रिज्म जस्तै इफेक्ट, ढाँचामा चलिरहेको जटिल माइक्रो लाइनसँग रेडमी वाई ३ ले पहिल्लो यस सेग्मेन्टमा कहिल्यै नभएको कुरा ल्याएको छ । 

६.२६”(१५.९ सीएम) एचडी प्लस डट नोच डिस्प्ले (6.26 inch (15.9 cm) HD+Dot Notch Display) सँगै कर्निङ गोरिला ग्लास ५ ले रेडमी वाई ३ लाई औरा डिजाइनका साथ अद्भूत अनुभव प्रदान गर्दछ । एलिजेन्ट ब्लू , बोल्ड रेड र प्राइम ब्लाक रंगमा उपलब्ध रेडमी वाई ३ ले व्यक्तित्व विस्तार गर्न मद्दत गर्दछ ।

क्रियो कम्प्यूटिङ स्न्यापड्रेगोन ६३२

पहिलो पटक रेडमी वाई सिरिजमा स्न्यापड्रेगोन ६३२ मोबाइल प्लेटफर्म सँगै कस्टम क्वालकम क्रियो कोर विशेषता ल्याएको हो । स्न्यापड्रेगोन ६३२ मोबाइल प्लेटफममा चार कोरको दुईवटा हिस्सामा ८ क्रियो २५० कोर छ, जुन हार्डवेयर इन्टेन्सिभ काम राम्रो तरिकाले गर्न विभाजन गरिएको हुन्छ । सक्षम एडे«नो ५०६ जीपीयूसँग रेडमी वाई ३ अत्याधुनिक गेम र भिजुअलका लागि पनि योग्य छ । 

रेडमी वाई ३ ले प्रयोगकर्तालाई २ दिन ब्याट्री लाइफ भएको ४००० एमएएच ब्याट्री प्रदान गर्छ जुन यो भन्दा अगाडि रेडमी नोट स्मार्टफोनहरुमा मात्र उपलब्ध रहेको थियो ।

रेडमी वाई ३: सरल विशेषताहरु 

रेडमी वाई ३:

मूल्य र उपलब्धता

रेडमी वाई ३, ३ जीबी प्लस ३२ जीबी भेरियन्टका लागि रु १८,४९९ मा र ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि रु २१,४९९ मा एलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइम ब्लाक कलरमा ६ मेईबाट देशभर ९०० भन्दा बढि अफलाइन स्टोर र दराज डट कममा उपलब्ध हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक