2026-09-13 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नरहरीनाथमा ५ दिनदेखि मोवाईल सेवा अवरुद्ध

जेठ ५, कालिकोट | कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका ५ दिनदेखि सञ्चार सम्पर्कविहीन बनेको छ । नरहरीनाथ गाउँपालिका ८ लालुमा रहेको मोवाइल टावरमा खरावी आएपछि जेठ १ गतेदेखि यहाँको सञ्चार सम्पर्क बिच्छेद भएको हो । ५ दिनसम्म टावर विग्रदा पनि गाउँपालिकाले चासो नदेखाएको स्थानीयले देखेसो पोखेका छन् ।

लालुको टावरमा लामो समयदेखि समस्याका कारण पश्चिम कालीकोटका बासिन्दाले सास्ती भोग्दै आएका छन् । सो टावरमा आएको समस्यासँगै नरहरिनाथ गाउँपालिका पूर्णरुपमा प्रभावित भएको छ । नरहरिनाथ गाउँपालिकाको कोटवाडा, लालु, माल्कोट, कुमालगाउँ र रुप्सामा पुरै सेवा अवरुद्ध छ । जेठ १ गते परेको परेको चट्याङका कारण सिष्टम जलेको हुनसक्ने स्थानीय नागरिकले अनुमान गरेका छन् ।

मोवाइल सेवा अवरुद्ध हुँदा स्थानीय अत्यावश्यक सेवाका लागिसमेत घण्टाँै हिँडेर फोन गर्न बाध्य भएको स्थानीय परेक दर्जीले बताए । ‘मोवाइल टावर बिग्रेको ५ दिन भै सक्यौ ममैतका कसैले चासो दिएका छैनन्’ उनले भने । फोन गर्नकै लागि एक घण्डा हिँडेर कोटवाडा पुग्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । नरहरिनाथ गाउँपालिका वडा नं १ र २ का स्थानीय युवा फोन गर्नका लागि धारीको डाँडामा साँझ भेला हुने गरेका छन् ।

गाउँपालिकामा रहेको टावर खरावी भएकाले उनीहरुले बेलुकाको समयमा आफन्तलाई फोन गर्नका लागी २ घण्टाको पैदल हिडेर धारीको डाँडामा जाने गरेको संगीन भण्डाराले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन