2026-09-19 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लब समुहका चार कार्यकर्ता पक्राउ

असार १०, रुकुमपश्चिम । नेत्रविक्रम चन्द नेतृत्वको समूहका चार नेता, कार्यकर्ता पक्राउ परेका छन् । सो समूहका राप्ती ब्युरो सदस्य गोर्खबहादुर कामीसहित चार जना नेता कार्यकर्ता गएराति पक्राउ परेका हुन् । 

त्रिवेणि गाउँपालिका–१ सिन्तुवाङबाट आठबीसकोटका कामीसहित दीर्घराज गहतराज, छविलाल घर्ती र युवा सङ्गठनका जिल्ला उपाध्यक्ष विवेक बिक पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । प्रहरी टोली पुग्दा उनीहरुले शङ्कास्पद गतिविधि सञ्चालन गरिरहेका र सोधपुछ गर्दा प्रहरी टोली माथि नै हातपात गरी अभद्र व्यवहार देखाएपछि पक्राउ गरिएको उहाँले बताउनुभयो ।

हत्याका अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाको अभियोग लागी फरार एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मग्मा घर भई मुसीकोट नगरपालिका–४ चाँपामा कोठा लिएर बस्दै आएका २४ वर्षीय वृषबहादुर बस्याललाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीका अनुसार बस्याल गत वर्षको माघ ६ गते मुसीकोट नगरपालिका–५ शेरिगाउँ बस्ने प्रकाश नेपालीलाई कुटपिट गरी उनको हत्या गरेर फरार भएको प्रहरीको भनाइ छ । लामो समय भारतमा लुकी बसेका बस्याल केही सयमदेखि मुसीकोट–४ चाँपामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । 

बस्याललाई पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको छ । पक्राउ गर्ने बित्तिकै जिल्ला अदालतसमक्ष पेश गरिएको र अदालतले बस्याललाई पुर्पक्षका लागि कारागार चलान गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई