2026-06-28 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज दिउसो ३ बजे भारतले पठाउँदैछ ‘चन्द्रयान-२’, चन्द्रमामा पुगेर यो यानले के गर्छ ?

साउन ६, काठमाडौँ (एजेन्सीको सहयोगमा) | आज छिमेकी मूलुक भारतले चन्द्रयान-2 को लन्च गर्दै छ । नेपाली समय अनुसार आज दिउसो करिव २:५८ बजे (भारतको समय अनुसार २:४३ बजे) उक्त यान लन्च हुँदैछ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (ISRO) ले शनिवार चंद्रयान-2 को लन्च गर्ने सम्पूर्ण तयारी पुरा गरेको थियो । (ISRO)का पूर्व प्रमुख एएस किरण कुमारले भने अनुसार सबै तयारी पुरा भईसकेको छ । हामी सोमवारको लागि तयार छौं ।

(ISRO) ले आइतबार ट्वीट गर्दै चन्द्रयान-2 को लन्चिङ  १५ जुलाईको राति २:५१ हुनुपर्ने थियो, जो प्राविधिक कारणले समस्या आएपछी उडानको मिति सरेको थियो । (ISRO)ले एक हप्ताभीत्र सबै प्राविधिक कुराहरु ठीक पारेर आज प्रक्षपेणको तयारी गरेको छ ।

१५ जुलाईको राति मिशन सुरु हुनुभन्दा ५६ मिनेट अघि (ISRO)ले ट्वीट गर्दै लन्चिङ गर्ने घोषणा गरेको थियो । (ISRO) का एसोसिएट डायरेक्टर (पब्लिक रिलेशन) बीआर गुरुप्रसादले बताएका थिए कि लन्चिङभन्दा ठीक अगाडी लन्चिङ व्हीकल सिस्टममा समस्या आएको थियो । यसै कारण चन्द्रयान-2 को लन्चिङ आजको लागि सरेको थियो । 


चन्द्रयान-2 ले पृथ्वीको चक्कर एक पटक कम लगाउने 

लन्चिङको मिति एक साता पछी सरेपनि चंद्रयान-2 चन्द्रमामा तय भएको मिति ७ सेप्टेम्बरमा पुग्नेछ । समय बचाउनको लागि चंद्रयानले पृथ्वीको एक चक्कर कम लगाउनेछ । पहिले ५ चक्कर लगाउने तय भएको थियो तर अब ४ चक्कर  मात्र लगाउनेछ । यसको अवतरण एस्तो स्थानमा तय भएको छ कि जहाँ शुर्यको प्रकाश बढी होस् । प्रकाश २१ सेप्टेम्बर पछि कम हुन सुरु हुनेछ । ल्याण्डर-रोवरले चन्द्रमा १५ दिन काम गर्नुपर्नेछ, यसैले समयमा पुर्याउनु जरुरी छ ।


चन्द्रयान-2 को तौल ३ हजार ८७७ किलोग्राम 

चंद्रयान-2  भारतको सबैभन्दा शक्तिशाली जीएसएलवी मार्क-III रकेटबाट लन्च हुनेछ । यो रकेटमा तीन मोड्यूल अर्बिटर, ल्याण्डर (विक्रम) र रोवर (प्रज्ञान) हुनेछ । यस मिशन अन्तर्गत (ISRO) चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुनेछ । यस पटक चन्द्रयान-2 को तौल ३ अजार ८७७ किलोग्राम हुनेछ । यो चन्द्रयान-१ मिशन (१३८० किलोग्राम) देखि करीव ती गुणा धेरै हुनेछ । ल्याण्डरको भीत्र भएको रोवरको गति १ सेमी प्रति सेकंड हुनेछ । 

(ISRO)ले चंद्रयान-2 लाई यस अघि अक्टोबर २०१८ मा लन्च गर्ने तयारीमा थियो । पछी यसको मिति सर्दै ३ जनवरी र फेरी ३१ जनवरीमा तय भयो । पछि अन्य कारणले यो यान प्रक्षेपणको लागि १५ जुलाई तोकिएको थियो तर उडानहुनु केहि समय अघि समस्या देखिएपछि आज यसको उडान हुनेछ । केहि बदलावको कारण चन्द्रयानको पहिलेको तौलभन्दा केहि बढेको छ । 


चंद्रयान-2 मिशन के हो ? यो चन्द्रयान-१ भन्दा किन भिन्न छ ? 

चन्द्रयान-2 लाई भारतको हालसम्मकै शक्तिशाली जीएसएलवी मार्क-III रकेटमार्फत लन्च गरिने छ । चन्द्रयान-2 वास्तवमा चन्द्रयान-१ मिशनकै नयाँ संस्करण हो । यसमा अर्बिटर, ल्याण्डर (विक्रम) र रोवर (प्रज्ञान) शामेल छ । चन्द्रयान-1 मा सिर्फ अर्बिटर थियो, जसले चंद्रमाको कक्षमा गुम्थ्यो ।

चन्द्रयान-2 मार्फत भारतले पहिलो पटक चन्द्रमाको सतहमा ल्याण्डर उतार्नेछ । अवतरण चन्द्रमाको दक्षिणी ध्रुवमा हुनेछ । यसको साथै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गर्ने पहिलो देश बन्नेछ ।

अर्बिटर, ल्याण्डर र रोवरले के काम गर्छ ? 

चन्द्रमाको कक्षमा पुगेपछि अर्बिटरले एक बर्षसम्म काम गर्नेछ । यसको मुख्य उद्देश्य पृथ्वी र ल्याण्डरको बीच संचार गर्नेनै हो । अर्बिटरले चन्द्रमाको सतहको नक्शा बनाउनेछ, ताकि चन्द्रमाको अस्तित्व र विकासको बारेमा अनुसन्धान गर्न सकियोस् । त्यस्तै, ल्याण्डर र रोवरले चन्द्रमाको एक दिन (पृथ्वीको १४ दिन बराबर) काम गर्नेछ । ल्याण्डरले यो परिक्षण गर्नेछ कि चन्द्रमामा भूकम्प आउँछ कि आउँदैन ? जबकि, रोवरले चन्द्रमाको सतहमा खनिज तत्व छ/छैन पत्ता लगाउनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी