2026-06-28 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व स्मार्टफोन बजारका टप टेन कम्पनी, कुन स्थानमा पर्छ सामसुङ ?

2019-08-01

साउन १६, काठमाडौँ |  स्ट्राटेजिक एनालिटिक्स तथा काउन्टरप्वाइन्टको रिपोर्ट अनुसार सन् २०१९ को दोस्रो त्रैमासिकमा पनि विश्व बजारमा स्मार्टफोनको बिक्रीमा गिरावटले निरन्तरता पाएको छ । समस्याको बाबजुतपनि  सामसुङ र हुवावेले भने स्मार्टफोनको बिक्री तथा बजार हिस्सामा वृद्धिदर हासिल गर्न सफल भएका छन् ।

स्ट्राटेजिक एनालिटिक्सका अनुसार विश्व स्मार्टफोन बजारमा यस त्रैमासिकमा स्मार्टफोनको बिक्रीमा २ दशमलव ६ प्रतिशतले कमी आएको छ तर सामसुङका स्मार्टफोनको बिक्रीमा भने १.९ प्रतिशतको वृद्धिदर देखिएको छ । अर्को कम्पनी हुवावेका स्मार्टफोनको बिक्रीमा चाहिँ १ दशमलब ७ प्रतिशतको वृद्धिदर हासिल भएको छ ।  सन् २०१९ को दोस्रो त्रैमासिकमा एप्पलका स्मार्टफोनको बिक्रीमा शून्य दशमलव ७ प्रतिशतको गिरावट देखिएको छ ।

संख्याका हिसाबले उक्त तीन महिनामा सामसुङले ७ करोड ६३ लाख गोटा स्मार्टफोन बेच्न सफल भएको छ । त्यस्तै दोस्रो स्थानको हुवावेका ५ करोड ८७ लाख थान स्मार्टफोन बिक्री भएका छन् भने तेस्रो स्थानमा रहेको एप्पलका ३ करोड ८० लाख थान मात्र आइफोन बिकेका छन् ।

काउन्टर प्वाइन्टको रिपोर्ट अनुसार विश्व स्मार्टफोन बजारमा सबैभन्दा धेरै हिस्सा रहेको सामसुङको बजार हिस्सा २१ दशमलब ६ प्रतिशत रहेको छ । दोश्रो स्थानमा रहेको हुवावेको बजार हिस्स १५ दशमलव ८ प्रतिशत रहेको छ भने तेस्रो स्थानको एप्पलको १० दशमलव १ प्रतिशत रहेको छ ।

त्यस्तै चौथो स्थानमा शाओमी छ, जसको बजार हिस्सा ९ प्रतिशत रहेको छ । ओप्पोको ८.१ प्रतिशत, भिभोको ७.५ प्रतिशत, लेनोभोको २.६ प्रतिशत, एलजीको २.२ प्रतिशत तथा नोकियाको स्वामित्व रहेको एचएमडीको बजार हिस्सा १.३ प्रतिशत रहेको छ । त्यस्तै रियलमीको बजार हिस्सा १.३ प्रतिशत रहेको छ भने अन्य विभिन्न ब्राण्डका स्मार्टफोनहरुले बाँकी २०.८ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी