2026-09-19 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङ नोट टेनको बुकिङ खुल्यो, नेपाल बाटै बुकिङ गर्न सकिने, कति पर्छ मूल्य ?

साउन २९, काठमाडौं | दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले आफ्नो नोट फ्ल्यागसिपमा नयाँ मोडल ल्याएको छ। विश्वबजारमा एकैपटक अगष्ट २३ देखि उपलब्ध हुने नोट टेनको बुकिङ नेपालमा पनि खुलेको छ। सामसङले नेपालबाटै बुकिङ गर्न सकिने जानकारी दिएको छ।

कम्पनीका अनुसार अनलाइन तथा सामसङको स्टोरबाट फोनको बुकिङ गर्न सकिने छ। नोट टेन र टेन प्लस गरी दुई भेरियन्टका स्मार्टफोन खरिद गर्नका लागि बुकिङ गर्न सकिने छ। बुकिङ गर्नका लागि यो लिंकमा क्लिक गरेर  दिइएको निर्देशनअनुसार फर्म भर्नुपर्ने छ।

यस्ता छन् मूल्य र विशेषता

नोट टेन

नोटटेनमा ६.४ इन्चको डिस्प्ले छ। पुरै मोबाइलको ९० प्रतिशत स्क्रिन भएको यो फोनको स्क्रिन रेजुलेसन भने २२८०*१०८० पिक्सेल रहेको छ। एन्ड्रोयडको नाइन पाइ रहेको यसमा सामसङकै युआइ अनटप पनि हुने छ।

स्न्यापड्रयागन८५५ चिपसेट भएको यो फोनको स्टोरेज भने २५६ जिबी छ। यसको र्‍याम भने १० जिबी रहेको छ। यसमा क्षमता बढाउने बिकल्प छैन। ३५०० एमएएचको ब्याट्री क्षमता भएको यसमा एकदिन निरन्तर चलाउँदा पनि काम गर्ने कम्पनीको दाबी छ।

तीनवटा क्यामेरा भएको यो स्मार्टफोनमा प्राइमेरी १२,टेलीफोटो १२ र अल्ट्रावाइड एंगलका लागि १६ मेगापिक्सेलको लेन्स रहेको छ। सेल्फी खिच्ने फ्रन्ट क्यामेरा भने १० मेगापिक्सेलको छ। यसको नेपाली बजारमा १ लाख १६ हजार मूल्य रहेको छ।

टेन प्लस

टेन प्लसलाई ल्यापटप बिर्साउने स्मार्टफोन दाबी गरिएको छ। यसमा भएको स्टोरेज क्षमता र विस्तार गर्न मिल्ने बिकल्पका कारण यसलाई ल्यापटप बिर्साउने स्मार्टफोनका रुपमा चर्चा गरिएको छ। ६.८ इन्चको डिस्प्ले भएको यो फोनको ब्याट्री क्षमता पनि ४३०० एमएएच रहेको छ। १२ जिबी र्‍याम भएको यो स्मार्टफोन २५६ र ५१२ जिबी स्टोरेज भेरियन्ट रहेको छ। यसमा एसडी कार्ड राखेर स्टोरेज बढाउन मिल्ने बिकल्प कम्पनीले दिएको छ।

नोटटेनमा १६ मेगापिक्सेलको अल्ट्रा वाइड सिनका लागि क्यामेरा छ। त्यस्तै वाइड एंगलका लागि १२ र टेलीफोटोका लागि पनि १२ मेगापिक्सेलकै क्यामेरा छ। यी फोनमा अगाडीको क्यामेरा भने १० मेगापिक्सेलको छ। तर टेन प्लसका लागि भने फोटाका लागि केही थप सुविधा छन्। जसमा एआर भिडियो तथा ड्रइङका लागि चौथो क्यमेरा रहेको छ।

यसको नेपाली बजारमा शुरुवाति मूल्य १ लाख ३५ हजार रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई