2026-07-24 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुवावेले ल्यायो आफ्नै म्याप सर्भिस, गुगल म्यापलाई टक्कर

भदौ १, एजेन्सी | चिनिाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो । हुवावेको यस अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । आवश्यक परेको बेला हुवावे जुनसुकै बेला एन्ड्रोइडबाट आफ्नै अपरेटिङ सिस्टममा सिफ्ट गर्न सक्दछ ।

अपरेटिङ सिस्टममार्फत् गुगललाई चुनौती पेश गरेको हुवावे यत्तिमा रोकिनेवाला छैन । अब गुगल म्याप्सलाई टक्कर दिनका लागि उसले आफ्नो नेभिगेसन सिस्टम तथा म्याप सर्भिससमेत ल्याउने तयारी गरिरहेको छ ।

एन्ड्रोइड अथोरिटी नामक वेबसाइटका अनुसार हुवावेले आफ्नै म्याप सर्भिसको विकास गरिरहेको छ । चाइना डेली पत्रिकालाई उद्धृत गरिएको उक्त रिपोर्ट अनुसार हुवावेको म्याप सर्भिसको नाम Map Kit हुन सक्दछ ।

हुवावेको म्याप किटले रियल टाइममा ट्राफिक अवस्था, लेन परिवर्तनको पहिचान तथा अगमेन्टेड रियालिटीसँग सम्बन्धित फिचरलाई सपोर्ट गर्नेछ । यो सर्भिस यहीँ अक्टोबरमा लञ्च हुने र यसले विभिन्न ४० वटा भाषाहरुमा उपलब्ध हुने बताइएको छ ।

हुवावेले हालै सार्वजनिक गरेको आफ्नो हार्मोनी अपरेटिङ सिस्टम सुरुवातमा चीनमा लञ्च हुने कम्पनीको कन्जुमर डिभिजनका सिइओ रिचर्ड यूले बताएका छन् । चीनमा लञ्च गरेपश्चात् मात्र यो अपरेटिङ सिस्टम विश्वव्यापी रोलआउट गरिनेछ ।

उनका अनुसार हुवावे कम्पनी स्मार्टफोनका लागि एन्ड्रोइडसँग जोडिइरहनेछ तर यदि परिस्थितिवस् आवश्यक ठानिएमा कम्पनी आफ्नै अपरेटिङ सिस्टममा तुरुन्तै फड्को मार्न सक्नेछ । गुगलको यस कदमले उसको अब गुगलमाथिको निर्भरता अन्त्य भएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक