२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ मेसेजिङ एप ल्याउँदैछ फेसबुक

२०७६, १२ भाद्र बिहीबार ०५:५२

भदौ १२, एजेन्सी | सामाजिक संजाल कम्पनि फेसबुकले एउटा नयाँ मेसेजिङ एपको निर्माणमा काम गरिरहेको छ । उक्त एपको माध्यमले प्रयोगकर्ताहरुले आफ्नो नजिकका साथीहरुसँग अधिक जानकारी शेयर गर्न सक्नेछन् ।

उक्त एपको नाम Threads हुने बताइएको छ । इन्स्टाग्रामको सिस्टम एपको रुपमा यो मेसेजिङ एपलाई फेसबुकले पेश गर्ने द भर्जमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ । थ्रेड एपमा इन्स्टाग्राम प्रयोगकर्ताले आफ्ना क्लोज फ्रेण्ड लिस्टमा भएका मानिसहरुसँग आफ्नो लोकेसन, स्पीड तथा ब्याट्री लाइफ शेयर गर्नका लागि इन्भाइट गर्न सक्नेछन् ।

योसँगै इन्स्टाग्रामको क्रियटिभ टुल्सका माध्यमबाट आफै टेक्स्ट, फोटो तथा भिडियो मेसेज जस्ता सोसल मिडिया पोस्टहरु पनि शेयर गर्न सकिनेछ । यो एपको प्रयोग इन्स्टाग्रामका क्लोज फ्रेण्डका लागि गर्नका लागि डिजाइन गरिएको भएपनि अहिले यसको परीक्षण फेसबुकको प्लाटर्फममा भैरहेको छ । इन्स्टाग्रामका लागि यो एप कहिले लञ्च हुने भन्ने आधिकारिक जानकारी फेसबुक दिएको छैन ।

गत जनवरी महिनामा फेसबुकले एक घोषणा गर्दै ह्वाट्सएप, मेसेन्जर र इन्स्टाग्राम जस्ता सर्भिसहरुलाई मर्ज गर्ने योजना बनाइरहेको जनाएको थियो । यदि यसो भएमा प्रयोगकर्ताहरुले एक एपबाट अर्को एपमा स्विच नभईकनै एक अर्काका प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली