2026-09-19 06:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ वटा क्यामरा भएको स्मार्टफोन ल्याउँदैछ हुवावे, सेल्फी क्यामरा मात्रै ३ वटा

भदौ १९, एजेन्सी | चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले आफ्नो बहुप्रतिक्षित नयाँ स्मार्टफोन आगामी १९ सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ । जर्मनीको म्युनिखमा विशेष कार्यक्रम गरी हुवावेले मेट ३० सिरिजको स्मार्टफोन लञ्च गर्ने तयारी गरेको छ ।

त्यस अवसरमा हुवावेले तीन प्रकारका स्मार्टफोन लञ्च गर्नेछ । त्यसमा हुवावे मेट ३०, हुवावे मेट ३० प्रो र हुवावे मेट ३० लाइट हुनेछन् । मेट ३० प्रो स्मार्टफोनका विषयमा अहिलेसम्म धेरै तथ्यहरु बाहिर आइसकेका छन् ।

उक्त फोनमा फाइभ के रिजोलुसन तथा ३६० डिग्री क्यामरा रहनेछ । साथै फोनमा मेट २० मा जस्तै प्रिमियम ग्लास तथा मेटल बडी रहनेछ ।

यसभन्दा महत्त्वपूर्ण तथा खास विशेषता चाहिँ उक्त फोनको क्यामरा नै हुनेछ । मेट ३० स्मार्टफोनमा कुल ७ वटा क्यामरा हुनेछन् । तीमध्ये ४ वटा क्यामरा पछाडिको भागमा हुनेछन् भने सेल्फी खिच्नका लागि ३ वटा क्यामराचाहिँ स्क्रिनतर्फको भागमा राखिनेछ । मुख्य क्यामरा ४० मेगापिक्सेलको हुने बताइएको छ ।

मेट ३० सिरिजका स्मार्टफोन वाटरफल स्क्रिन डिजाइनमा उपलब्ध हुनेछन् । सामसुङले यसअघि आफ्ना फ्लागसीप स्मार्टफोनमा उक्त डिजाइनको स्क्रिन प्रस्तुत गरिसकेको छ ।

हुवावे मेट ३० मा ६.७१ इन्चको ओएलइडी डिस्प्ले हुनेछ । त्यस्तै ४५ सय मिलिएम्पियर आवरको ब्याट्री रहनेछ । स्मार्टफोनको इन्टर्नल स्टोरेज १२८ जिबी र र्याम ८ जिबीको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई