2026-09-19 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगुनको स्मार्ट कोइन्स: मोबाइलबाटै यसरी कमाउन सकिन्छ स्मार्ट क्वाईन्स

कात्तिक ५, काठमाडौँ | कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्य बोकेको सगुनले आज आफ्ना प्रयोगकर्ताको लागि सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्धेश्यसहित आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड–अ डिजिटल वालेट सार्बजनिक गरेको छ  ।

सगुनले भनेको छ ‘मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाइ र परिवारसँग सामाजिकीकरण हुँदा स्मार्ट क्वाइनहरु कमाउन सक्छन् भन्ने कुराको घोषणा गर्न पाउँदा हामी उत्साहित भएका छौं ।’ 

सगुनले विगत दुई हप्तादेखि यसको आन्तरिक रुपमा परीक्षण गरिरहेको जनाएको छ। सगुनका अनुसार प्रयोगकर्ताहरुले १० हजार स्मार्ट क्वाइन भन्दा धेरै कमाइसकेका छन् । उनीहरु छिटै ती क्वाइनमार्फत विभिन्न किसिमका सामान तथा सेवाहरु खरिद गर्न तयार छन् । 

प्रयोगकर्ताले Google वा Apple App Store बाट सगुन लाइट डाउनलोड गरेर फोनमार्फत साइन अप गरि आफूलाई मन परेका विषयवस्तुहरु छान्न सक्नेछन् साथै प्रयोगकर्ताले फोनलाई ओटिपी कोडमार्फत भेरीफाइ गरेपछि क्वाइन कमाउन सक्षम हुनेछन् । 

प्रयोगकर्ताले ड्यासबोर्डमा आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेपछि सीमित समयको लागि एक्टिभेसन निःशुल्क गरिएको छ । सुरुवातमा आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेर १०१ स्मार्ट क्वाइन कमाउन सकिने सगुनले जनाएको छ । प्रयोगकर्ताले एपमा कमेन्ट गरेर, लाइक गरेर, पोस्ट गरेर, स्टोरी शेयर गरेर तथा साथीहरुलाई अन्य सामाजिक संजालबाट आमन्त्रण गरेर थप क्वाइनहरु कमाउन सक्नेछन । 

विगत केही वर्षदेखि सगुनले सोसियल स्मार्ट कार्डको अवधारणालाई प्रयोगात्मक रुपमा अनुसन्धान र भिजुअलाइज गर्न धेरै समय र ऊर्जा खर्च गरेको जनाएको छ । सगुनले ग्राहकको आवश्यकता, सामान खरिद गर्ने आनीबानीको अध्ययन गरिरहेको जनाएको छ । सगुनले भनेको छ ‘हामीले हाम्रा आन्तरिक सगुनकर्ताहरुसँग परीक्षण गर्न बेटा संस्करण सार्वजनिक गर्यौं । उनीहरुले यसलाई मन पराएको र पहिलो दिनदेखि नै क्वाइनहरु कमाउन सुरु गरेको पाउँदा हामी खुसी छौं । हामी प्रत्येक दिन २०० प्रतिशतले विस्तारित भइरहेका छौं ।’ 

सगुनले निरन्तर रुपमा अन्य फिचरहरु जस्तैः रिडीमिङ, शपिङ, गिफ्टिङलाई परिचित गराउने र नेपाल तथा भारतका व्यापारिक साझेदारहरु थप गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई