2026-11-02 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगुनको स्मार्ट कोइन्स: मोबाइलबाटै यसरी कमाउन सकिन्छ स्मार्ट क्वाईन्स

कात्तिक ५, काठमाडौँ | कनेक्ट, शेयर र अर्न भन्ने लक्ष्य बोकेको सगुनले आज आफ्ना प्रयोगकर्ताको लागि सामान खरिद गर्न, उपहार दिन र कमाउन सकिने उद्धेश्यसहित आफ्नो उत्पादन सोसियल स्मार्ट कार्ड–अ डिजिटल वालेट सार्बजनिक गरेको छ  ।

सगुनले भनेको छ ‘मानिसहरु अब सगुनसँग जोडिएर आफ्ना साथीभाइ र परिवारसँग सामाजिकीकरण हुँदा स्मार्ट क्वाइनहरु कमाउन सक्छन् भन्ने कुराको घोषणा गर्न पाउँदा हामी उत्साहित भएका छौं ।’ 

सगुनले विगत दुई हप्तादेखि यसको आन्तरिक रुपमा परीक्षण गरिरहेको जनाएको छ। सगुनका अनुसार प्रयोगकर्ताहरुले १० हजार स्मार्ट क्वाइन भन्दा धेरै कमाइसकेका छन् । उनीहरु छिटै ती क्वाइनमार्फत विभिन्न किसिमका सामान तथा सेवाहरु खरिद गर्न तयार छन् । 

प्रयोगकर्ताले Google वा Apple App Store बाट सगुन लाइट डाउनलोड गरेर फोनमार्फत साइन अप गरि आफूलाई मन परेका विषयवस्तुहरु छान्न सक्नेछन् साथै प्रयोगकर्ताले फोनलाई ओटिपी कोडमार्फत भेरीफाइ गरेपछि क्वाइन कमाउन सक्षम हुनेछन् । 

प्रयोगकर्ताले ड्यासबोर्डमा आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेपछि सीमित समयको लागि एक्टिभेसन निःशुल्क गरिएको छ । सुरुवातमा आफ्नो स्मार्ट कार्ड एक्टिभेट गरेर १०१ स्मार्ट क्वाइन कमाउन सकिने सगुनले जनाएको छ । प्रयोगकर्ताले एपमा कमेन्ट गरेर, लाइक गरेर, पोस्ट गरेर, स्टोरी शेयर गरेर तथा साथीहरुलाई अन्य सामाजिक संजालबाट आमन्त्रण गरेर थप क्वाइनहरु कमाउन सक्नेछन । 

विगत केही वर्षदेखि सगुनले सोसियल स्मार्ट कार्डको अवधारणालाई प्रयोगात्मक रुपमा अनुसन्धान र भिजुअलाइज गर्न धेरै समय र ऊर्जा खर्च गरेको जनाएको छ । सगुनले ग्राहकको आवश्यकता, सामान खरिद गर्ने आनीबानीको अध्ययन गरिरहेको जनाएको छ । सगुनले भनेको छ ‘हामीले हाम्रा आन्तरिक सगुनकर्ताहरुसँग परीक्षण गर्न बेटा संस्करण सार्वजनिक गर्यौं । उनीहरुले यसलाई मन पराएको र पहिलो दिनदेखि नै क्वाइनहरु कमाउन सुरु गरेको पाउँदा हामी खुसी छौं । हामी प्रत्येक दिन २०० प्रतिशतले विस्तारित भइरहेका छौं ।’ 

सगुनले निरन्तर रुपमा अन्य फिचरहरु जस्तैः रिडीमिङ, शपिङ, गिफ्टिङलाई परिचित गराउने र नेपाल तथा भारतका व्यापारिक साझेदारहरु थप गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द