2026-09-19 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसङको ‘ग्यालेक्सी ए ७० एस’ बजारमा, कति छ मूल्य ?

मङ्सिर ३, काठमाडौं | विश्वप्रशिद्ध कम्पनी सामसङले ग्यालेक्सी ‘ए’ शृंखलामा सबैभन्दा नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए ७० एस’ बजारमा ल्याएको छ । यो फोनमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट छ । नयाँ ग्यालेक्सी ए ७० एसमा ६४ मेगा पिक्सलको प्राइमरी सुटरका साथ ट्रिपल क्यामरा सेटअप, आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिज्युअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेक्ट गर्न सकिने सुविधा विद्यमान रहेको सामसङले जनाएको छ ।

यसमा एआई गेम बुस्टर, ४५०० एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्ट चार्जिङ्ग जस्ता विशेषताहरुले आजका युवाहरुको सम्पूर्ण आवश्यकतालाई पूरा गरी स्मार्टफोनको उत्कृष्ट अनुभव प्रदान गर्दछ । 

नयाँ Galaxy A70s मा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले रहेको छ । यो फोन प्रयोगकर्ताहरुलाई गेमिङ्ग, भिडियो हेर्न, मल्टिटास्किङ्ग, ब्राउजिङ्ग आदिको दौरान उत्कृष्ट भिज्युअल अनुभव प्राप्त हुन्छ ।

ग्यालेक्सी A70s मा डल्बी एटमस रहेको छ, जसले ३६० डिग्री सराउन्ड साउन्डको अनुभव प्रदान गर्दछ । 

ग्यालेक्सी A70s मा शक्तिशाली ४५०० एमएएचको व्याट्री तथा २५ वाटको सुपरफास्ट चार्जिंग, रहेको हुँदा पूरा दिनभर शेयर, स्ट्रिम तथा गेमिङ्गको स्वतन्त्रता दिन्छ । 

ग्यालेक्सी A70s को मूल्य ४८ हजार ८ सय ९० रुपैयाँ (६ जीबि + १२८ जीबि) तोकिएको छ । यो फोन सामसङका आधिकारिक विक्री कक्षहरुबाट नेपाल अधिराज्यभर उपलब्ध रहदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई