2026-06-24 05:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाइलको प्रयोगले निम्त्याउने गम्भीर ५ समस्या यस्ता छन्

2020-02-23

फागुन ११, काठमाडौँ | सूचना प्रविधिको विकाससंगै मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ | संचार प्रणालीका लागि अत्यन्तै उपयोगी मानिने मोबाइल प्रयोगकर्ताहरुमा समस्या आउन् सक्छन | मोबाइलको अत्याधिक प्रयोगबाट हुनसक्ने बिमारी र त्यसबाट बच्ने उपाय यस्ता छन् :-

आँखाको समस्या:विभिन्न सामाजिक सञ्जालहरु र गेमका कारण खासगरी युवाहरु मोबाइलसँग धेरै नै नजिक हुन्छन्। यसरी एकहोरो मोबाइल चलाइरहँदा उनीहरुको आँखामा सबैभन्दा बढी प्रभाव पर्ने गरेको छ। अत्याधिक समय मोबाइलमा बिताउँदा मानिसको आँखाको ज्योति विस्तारै खराब हुँदै जान्छ। साथै आँखामा आँसु आइराख्ने, धुमिलो देख्ने, टाउको दुख्ने, आँखा रातो  हुने जस्ता समयस्याहरुले सताउने गर्छ |

बच्ने उपाय : यस्तो समस्याबाट बच्नका लागि मोबाइललाई आँखाबाट सकेसम्म परको दुरीमा राखेर मोबाइल चलाउने गर्नुस्। लगातार मोबाइलमा हेरिनरहनुस्। बेलाबेलामा केहीबेरका लागि स्क्रिन अफ गरेर आँखालाई रेस्ट दिनु पनि फाइदाजनक हुन्छ। साथै दुईवटा हथ्केलालाई एक आपसमा रगटेर तातो बनेको हथ्केलालाई दुबै आँखामा राख्नुस्, यसो गर्दा आँखालाई आराम मिल्छ |

पीठ र गर्धनको दुखाई

मेसेजिङ तथा च्याटिङको आदतले केही समयका लागि खुसी त पक्के देला तर, यसले लामो समयको दुखाई दिन्छ। झुकेर मोबाइलमा व्यस्त रहने बानीले मानिसको पीठ तथा गर्धनमा दुखाईको समस्या निम्तिन सक्छ। सुरुवातमा गर्धनको दुखाई सुरु हुन्छ, बिस्तारै बिस्तारै पिठ्यूँमा पनि दुख्न थाल्छ। साथै ड्राइभिङ गर्दैगर्दा फोनमा एकसाईड झुकेर मोबाइल चलाउनु खतरनाक सावित हुनसक्छ।

बच्ने उपाय : मोबाइल चलाउँदैगर्दा आफ्नो गर्धनलाई सिधा राख्ने बानी बसाल्नुस् । व्यस्त हुनहुन्छ भने मोबाइलमा ध्यान नदिनुस्। साथै फोनमा कुराकानीका दौरान एयरफोनको प्रयोग गर्दा पनि केही हदसम्म सुरक्षित हुन सकिन्छ । यसले गर्धनलाई सीधा राख्नराख्न मद्दत गर्छ।

औंलाको दुखाई

टचस्क्रिन फोन होस् वा किबोर्डवाला दुबैमा औंलाको प्रयोग आवश्यक छ। अत्याधिक मोबाइल चलाउँदा औंलामा पनि समस्या देखिन सक्छ। केही समयअघि एउट समाचार पनि आएको थियो, मोबाइल गेम क्याण्डीक्रसको लत बसेका एक युवकको मोबाइलको अत्याधिक प्रयोगका कारण औंलाको क्यान्सर नै भयो। साथै मोबाइलको अत्याधिक प्रयोगले औंलाको छाला पनि कडा बन्नसक्छ।

बच्ने उपाय : मोबाइल चलाउँदै गर्दा केही समय औंलालाई पनि आराम दिनुस्। साथै समय–समयमा औंलाको एक्सरसाईज पनि उपयोगी हुनसक्छ।

निद्रा नलाग्ने बिमारी:मोबाइल फोनको अत्याधिक प्रयोगले सबैभन्दा बढी असर निद्रामा पर्छ। रातको समयमा घण्टौंसम्म फोनमा कुरा गर्दा तथा च्याटमा व्यस्त रहँदा मानिसहरुले निद्रालाई उपेक्षा गर्छन्। कम्तिमा पनि दैनिक ६–८ घण्टा निदाउनु मानिस शरीरका लागि अत्यावश्यक हुन्छ। तर, मोबाइलले निदाउने समयको कटौती गरिदिन्छ । जसका कारण निद्रासम्बन्धी बिमारीले गाँज्न सक्छ। यसले चिडचिडाहट, डिप्रेसनजस्ता समस्याको समेत सिकार बनाउन सक्छ।

बच्ने उपाय : रातिको समयमा धेरै मोबाइल नचलाउनुस्। साथै मोबाइल फोनलाई साइलेन्टमा राख्ने गर्नुस्, ता कि अनावश्यक रिंगले तपाईंको निद्रा खराब नगरोस्।

नोमोफोबियाको शिकार:नोमोफोबिया बिलकुल अलग प्रकारको फोबिया हो। यस्तो अवस्थामा मोबाइलको पासमा नरहँदा पनि बारम्मर मोबाइलको रिंगटोन तथा मेसेज टोनको आभास हुनसक्छ। एकछिन मोबाइलबाट टाढा हुँदा पनि माइन्ड एकदमै डिस्ट्रब हुने समस्या हुन्छ। यसले दिमागमा असर पुर्याउँछ। साथै स्मरणशक्ति कम हुने खतरा पनि बढ्छ।

बच्ने उपाय : यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको अत्याधिक मोबाइलमा नजुन्डिने नै हो। साथै मेडिटेशन तथा स्वासको एक्सरसाईज पनि यसलाई कन्ट्रोल गर्नका लागि उपयोगी सावित हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो