2026-06-24 10:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले फेला पारे दुइटा ‘ह्वाईट ड्वार्फ’ विस्फोटन भएर बनेको विशाल तारा

2020-03-03

फागुन २०, काठमाडौँ | वैज्ञानिकहरूले विस्फोटन भएर बनेको एउटा विशाल तारा पत्ता लगाएका छन् | उक्त तारा  हिउँ थुपारेर बनाइने 'स्नोम्यान'को जस्तो देखिएको छ |  तारा हाम्रो सूर्यभन्दा गह्रौँ छ तर त्यसको व्यास पृथ्वीको दुईतिहाइजति मात्रै भएको वैज्ञानिकहरूले बताएका छन् |

उक्त खगोलीय पिण्ड दुइटा 'ह्वाईट ड्वार्फ' तारा जोडिएर बनेको विश्वास गरिएको छ। शक्तिशाली सुपरनोभाका रूपमा त्यस्ता ताराको विस्फोटन हुन्छ | ताराहरूको आणविक ऊर्जा सकिएपछि ह्वाईट ड्वार्फ बन्छन्। त्यसो हुँदा भित्री भाग तातो बस्छ भने वरिवरिको वायुमण्डल हराउँछ |

ताराको वायुमण्डलमा भएका गह्रौँ वस्तुहरू भित्री भागमा डुब्छन् भने हलुका वस्तु सतहमा बस्छन् | केही ह्वाईट ड्वार्फमा शुद्ध हाईड्रोजन वा हीलीअम ग्यासयुक्त वायुमण्डल हुन्छ | ताराको नाम  WDJ0551+4135  दिइएको छ |

ताराको वायुमण्डलमा  अस्वाभाविक कार्बन पाइएको बताइएको छ | वरिक विश्वविद्यालयका डा. मार्क हल्यान्ड्सका अनुसार यो खोजले सूर्यजस्ता तारा मर्ने प्रक्रियाबारे थाहा पाउन सहज हुनेछ | उनले भने, "यो ताराको सबैभन्दा चाखलाग्दो कुरा भनेको यो सुपरनोभा बनेर विस्फोट हुन नसकेको हो। यति ठूला ह्वाईट ड्वार्फ एकदमै कम छन्।"-बीबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे